पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा सोना केसिको ‘क्यारम मोयालाई’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
चर्चित सर्जक हमालको उत्कृष्ट लय शब्द सृर्जनामा रहेको गितमा लोकप्रिय गायिक कुलेन्द्र विश्वकर्मा र सोना केसिको स्वरमा सजिएको छ ।
मौसम हिमालिको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा चर्चित कलाकार गौरव विष्ट र सोना केसिको डान्सिङ फिचर देख्न सकिन्छ । समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट वनेको छ । करन चैसिरले छायाकन गरेको म्युजिक भिडियो प्रविन भट्टले सम्पादन गर्नु भएको छ ।
उक्त गितलाई Sona Kc को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।
















































। २८ भाद्र २०७७, आईतवार