
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोले कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएका छन्।पहिरोमा परेर तीनजनाको मृत्यु भएको छ । २५ जना बेपत्ता भएका छन् भने कम्तीमा १८ घर पुरिएका छन् ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले दिएको जानकारी अनुसार पहिरोमा परेर नागपुजेमा तीन जनाको शव फेला परेको छ । यहाँ १४ जना बेपत्ता भएका छन् ।
यसैगरी भीरखर्कमा ११ जना बेपत्ता भएका छन् भने दुई जना घाइतेको बाह्रबिसे प्राथमिक स्थास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्धारकार्यलाई जारी राखेको प्रजिअ ढकालले जानकारी दिए ।
घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।
















































। २८ भाद्र २०७७, आईतवार