
जाजरकाेट दरबार
कालीबहादुर नेपाली
जाजरकोट । कोरोना भाइरस कोभिड १९ को असरले यति वेला जाजरकोटका पर्यटकीय स्थलहरु ओझेलमा छन । अघिल्ला बर्षहरुमा हजारौँ पर्यटक भित्र्याउने पर्यटकीय स्थलहरु यति वेला सुनसान देखिन्छन ।
प्राकृतिक, सामाजिक, ऐतिहासिक धार्मिक तथा साँस्कृतिक सुन्दरता र महत्व भल्काउने दर्जन वढी जिल्लाका पर्यटकीय क्षेत्रहरु सुनसान देखिएका हुन ।
सुन्दरता, कला, सँस्कृति र विविध महत्व वोकेका खलंगाको जाजरकोट दरवार, मछाइनाको मालिका मन्दिर क्षेत्र, खलंगाकै कालेगाउँको शिवालय मन्दिर क्षेत्र, वाहुनथानको अचम्मको साङट गुफा, कुदुको भुमेश्वर गुफा, वारेकोटको ठाकुरजी दह,
साइक्ँवारी क्षेत्र, खलंगा रानागाउँकै कालिका मन्दिर, सानीमालिका मन्दिर क्षेत्र, थाप्लेका चारनाल दरवारहरु, रिम्नाको सहिद पार्क, मैदेको गुफा, जगतिपुर दरवार क्षेत्र, पैंकको मष्टा मन्दिर क्षेत्र, वारेकोट रामीडाँडाको सिर्पाचौर उपत्यका, लहँको खानटाकुरा
क्षेत्र, कुसे गाउँपालिकाको पाँचकटिया तथा गाईखुर क्षेत्र, कुशेकै कुशे हिमाल, वारेकोटको कराइचुली हिमाल, च्याखुरे पाटन,विभिन्न भरनाहरु, ९३ वर्ष पुरानो मटेलाको पुल, वुदवुदीको भुमिगत टयांकी, काफलचौरवाट देखि सुन्दर हिमशृङखलाहरुको दृश्यहरु र
नलगाड र भेरी नगरपालिकाको सीमानामा पर्ने वडालेख क्षेत्र, छेडागाड नगरपालिकाको पजारु डाँडागाउँमा रहेका १३ औं शताव्दीमा निर्माण भएका चैत्य गुम्वा क्षेत्र अनि भेरी
नदीको जलयात्रा अर्थात रयाफिटङ जाजरकोटमा पर्यटक तान्ने मुख्य सम्पदा र आधारहरु यति वेला कोरोनाको कहरले सुनसान देखिन्छन । यहाँ उल्लेख गरिएका मध्य अधिकांश पर्यटकीय क्षेत्रहरुमा इन्टरनेटको सुविधा भएकाहरुले गत बर्षका पुराना तस्वीर सामाजिक सञ्जाल फेसवुकमा पोस्ट गरेको देख्न सकिन्छ । आन्तरिक तथा
बाह्य पर्यटक भित्र्याउन सक्ने सम्भावना बोकेका पर्यटकीय स्थलहरुमा पशुपंक्षी बाहेक अरु पर्यटक भने आएको देखिदैन । सरकारले गत बर्ष सयवटा पर्यटकीय गन्तव्यहरु छनोट गर्ने क्रममा सुचिकृत भएको जाजरकोट दरवार हेर्न आउनेहरुमध्ये
प्रशासनमा काम गर्न बाहेक हेर्न आउने दृष्टिले नआएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । विक्रम सम्वत १८५२ सालमा वनेको तत्कालिन पाँच तले अहिले तीन तले भव्य एवम आकर्षक जाजरकोट दरवार नेपाल एकिरणमा
जाजरकोटको भुमिकाको वारेमा जान्न चहानेहरुका लागि महत्वपुर्ण पर्यटकीय क्षेत्र मात्र नभइ अध्ययनको केन्द्र पनि हो । खलंगाको पिपलडाँडाको टाकुरामा रहेको यस दरवार क्षेत्रवाट चारैतिर देखिने भेरीनदीको नागवेली रुप अनि सिस्ने हिमाल कुशे हिमाल अनि जलजला हिमालको दृश्यले सवैलाइ मोहित पार्ने देखिन्छ ।
यस्तै, कालेगाउँको शिवालय मन्दिर क्षेत्र पनि विक्रम सम्वत १८८५ सालमा निर्माण भएका मन्दिरहरुको कलात्मकता, धार्मिक महत्व र प्राकृतिक सुन्दरता पनि पर्यटकहरुका लागि अर्काे आकर्षण हो जहाँ गाडीमै मन्दिर सम्मै पुग्न सकिने व्यवस्था छ । यस्तै वाहुनथानको साङट गुफा जो जिल्लाका सवै गुफाहरु मध्ये रमाइलो र आश्चर्यजनक छ त्यहा पुग्न पनि कुनै समस्या छैन । गुफा भित्रको कलात्मक अवस्था र भित्रै वग्ने लहरे खोलाको कल कल आवाजमा रमाउनका लागि गुफा सम्मै गाडीको सुविधा छ ।

भगवती मन्दिर, नलगाड न.पा.-१३, फुम्दा, जाजरकोट
यस्तै कुदुको भुमेस्वर गुफामा पनि गाडीवाटै पुग्न सकिन्छ । जगतिपुर दरवार क्षेत्र जुन विक्रम सम्वत १४५५मा जाजरकोट राज्य स्थापना गर्दाको सुरुको राजधानी जहाँ वायुपंखी घटटको अवशेष,प्राचीन देवलहरुको कलात्मक स्वरुप, जाजरकोट राज्यका संस्थापक राजा जगतिसिंह मेदिनीवर्माले निर्माण गरेको भव्य दरवारको अवशेष हेर्न जानका लागि पनि गाडीमै सजिलै पुग्न सकिन्छ । जहाँ पुग्नका लागि एक दिन देखि तीनचार दिन सम्मको पैदल यात्रामा पर्यटकहरु रमाउन पाउछन् ।

मालिका मन्दिर
यी मध्य कुनैमा पुग्नका लागि आधा वाटो गाडी र आधावाटो पैदल हिडेर पर्यटक पुग्न सक्छन् । जिल्लाका यी भव्य तथा सुन्दर पर्यटकीय क्षेत्रहरुको कोरोनाको कहरले सुनसान देखिएको पर्यटन पत्रकार संघ जाजरकोटले जनाएको छ । पर्यटकीय सम्भावना बोकेका पर्यटनस्थलहरु कोरोना भाइरस कोभिड १९ का असरले आझेलमा परेका छन ।

सागटा रिसाग गुफा
गत बर्षहरुमा मालिका मन्दिरमा लाग्ने मेला पनि स्थगित भएको छ । कोरोनाको डरले साथीभाई इष्टमित्रका साथ यहाँका आन्तरिक पर्यटक समेत पर्यटकीय स्थलमा घुम्न नगएको लोकदोहरी कलाकार दुर्गा विकले जानकारी दिए ।

मालिका मन्दिर
पर्यटकी क्षेत्रमा साथीभाईहरु संग नगए रमाईलो हुदैन भन्नेहरुको संख्यामा पनि कमी छैन । कोरोनाको महामारी पछि ओझेलमा परेका पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा ध्यान दिई पर्यटकन क्षेत्रमा सुधार गर्न आवश्यक पर्ने नागरिक समाजको भनाई छ ।

ठाकुरजी ताल बारेकाेट
















































। २७ भाद्र २०७७, शनिबार