विप्लव समूहका विद्यार्थी अध्यक्ष ढकाल पक्राउ

काठमाडौं : नेत्रविक्रम चन्द (‘विप्लव) समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

ढकाललाई महानगरीय अपराध महाशाखाको टोलीले असनबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। ढकालसँगै अरू तीनजना नेताहरू पनि पक्राउ परेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया