
जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले बजार अनुगमनको दोस्रो दिन ठाँटीबजार आसपासमा अनुगमन गरेको छ ।
बुधबार देखि बजार अनुगमन थालेको प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीको संयोजकत्वमा बजार अनुगमन गरिरहेको छ । ठाँटीबजारमा रहेका झन्डै २१ भन्दा बढि पसलमा अनुगमन गरिएको संयोजक रेग्मीले जानकारी दिए ।
उनका अनुसार, ठाँटीबजारका अधिकांश पसलमा, मुल्यसुची नभएको, नवीकरण नगरेको, म्याद गुज्रेका खाद्य सामग्री विक्री वितरण गर्ने गरेको पाइएको उनले बताए ।
विहीबार अनुगमनका क्रममा चाउचाउ, विस्कुट, चकलेट, लगायतका खाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ । हाम्रो पुहँच डटकम संगको कुराकानीमा, संयोजक रेग्मीर्ले मलाई जिल्लामा बजार अनुगमनका लागि खटाईएको छ । जाजरकोट जिल्ला भित्रका अधिकाशं पसलमा वेतिथी रहेको छ ।’
जिल्लाका जुनसुकै क्षेत्रमा रहेका पसलहरुमा निरन्तर अनुगमनको काम चलाउने उनले बताए । उपभोक्ताको खाद्यान्नको हकको सुनिश्चित गर्न नियमित प्रशासनले बजार अनुगमन गर्ने दावी गरे । व्यापारीहरुले नवीकरण गरेका छैनन लगतै नवीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । सदुरमुकाममा रहेका पसलहरुमा त यस्तो वेथिती रहेको छ ।
दुर्गमा पनि बजार अनुगमन गर्ने रेग्मीको भनाई छ । जाजरकोटका व्यापारीहरुले चर्काे मुल्य असुली गर्ने, म्याद गुजे्रका खाद्य सामग्री वितरण गर्ने, मुल्यसुची र विल वितरण नदिने लगायत गुनासो उपभोक्ताहरु बाट आइरहेको छ ।
















































। २६ भाद्र २०७७, शुक्रबार