अमेरिका चीन विवाद : राष्ट्रपति ट्रम्पले लगाए टिकटक र वि च्याटमा प्रतिवन्ध

अमेरिका र चीन बीच पछिल्ला दिनमा देखिएको विवाद चर्किदै गएको छ । एक देशले अर्काे देशका विभिन्न व्यवसायिक गतिविधिमाथि प्रतिबन्ध लगाउने क्रम थपिँदै गएको छ ।

यसैक्रममा अमेरिकाले चिनियाँ एप्स टिकटक र वि च्याटमाथि प्रतिबन्ध लगाउने आदेशमा बिहीबार राष्ट्रपति डाेनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् ।

यस निर्देशनसँगै अमेरिकाका यससम्बन्धी कार्य गर्ने कम्पनीहरुले ४५ दिन भित्रमा टिकटक र वि च्याटको संचालन बन्द गर्नु पर्ने बिबिसीले जनाएको छ ।

याे पछिल्लो कदम अमेरिकी टेक्नोलोजी कम्पनी माइक्रोसफ्टले टिकटक खरिदका लागि भइरहेको छलफल अघि बढिरहेकै सन्दर्भमा लिइएको छ ।

ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाको हितका लागि यो निर्णय जरुरी रहेको बताएका छन् ।

अमेरिकामा चिनियाँ कम्पनीले बनाएको मोवाइल एपबाट राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थव्यवस्थामा खतरा भएको आदेशमा उल्लेख छ । # अमेेरिका #

तपाईको प्रतिक्रिया