
सल्यान । सल्यानमा एक युवक मृ’त अवस्थामा फेला परेका छन् । कुमाख गाउँपालिका वडा नम्बर २ कैनकाडाँका १६ वर्षीय जनक खत्री सोमबार घर नजिकै मृ’त अवस्थामा फेला परेका हुन् ।
आइतबार साथीसँग दशैको लागि खसी खोज्न घरबाट हिँडेका उनी सोमबार बिहान मृ’त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतक खत्री भिरबाट लडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सल्यानका सूचना अधिकारी उमाकान्त जोशीले जानकारी दिए । स्थानीयले दिएको जानकारी अनुसार मृ’तक खत्री र उनका साथी साँझसम्म सँगै भएको देखेका बिहान जनक खत्री मृत अवस्थामा भेटिएको तर उनका साथी भने घरमा भेटिएको उनको भनाई छ ।
उनीहरू बिचमा झगडा भएको देखिएकाले केही सोधपुछका लागी उनका साथीलाई नियन्त्रणमा लिएको सूचना अधिकारी जोशी बताए।
















































। २४ भाद्र २०७७, बुधबार