राहतको आशमा बेपत्ता पारिएका ब्यक्तिको परीवार

              वेपत्ता पारिएका व्यक्तिहरुकाे तस्वीर फाइल तस्वीर ।

जाजरकोट । २०६३ साल भदौ १ गते देशमा भएको शशस्त्र द्धन्द्धमा परी म टुहुरो भएँ । मैले मेरो बुबालाई त्यो दिनदेखि कहिल्यै देख्न पाईन् । बुबालाई किन र कस्ले बेपत्ता पारे अहिलेसम्म पत्ता लागेको छैन् । छेडागाड नगरपालीका १३ का मानबहादुर बुढाले आँखाभरी आँसु पार्दै भने, बुबा गुमाउनुको पिडालाई कहिल्यै भुल्न सक्दिन ।

सरकारले बेपत्ता पारीएका ब्यक्तिको छानविन आयोग गठनगरी पिडित परीवारलाई राहत दिने धोषण गरेको लामो समय भैसक्यो तर मेरो परीवारले आजसम्म राज्यको तर्फबाट केही पाएका छैनौँ । देशमा बेपत्ता पारीएका ब्यक्तिको छानविन आयोग पटकपटक गठन गरी पिडित परीवारलाई पटकपटक फर्म भर्न लगाएपनि बास्तबीक पिडितलाई कुनै राहत नदिएको भन्दै उनले गुनासो गरे ।

मैले बुबालाई गुमाएपछि घरमा बिभिन्न समस्या आयो । बेपत्ता पारीएका ब्यक्तीको परीवारलाई सरकारले दिने भनेको राहत पाउने आशमा तीनपटकसम्म फर्म भरीसकेँ । तर, सरकारले अहिलेसम्म केही दिएको छैन् ।

२०५३ साल असार ५ गते भारतमा धन कमाएर फर्कन्छु भनेर गएका दाई नत घर फर्कीए नत कुनै अत्तोपत्तो छ । सँगै हुर्हीएका दाईलाई सम्झदा मन भक्कानीएर आउँछ ।  जुनिचाँदे ४ का दलबहादुर रोकाले गुनासो गर्दै भने, सरकारले बेपत्ता पारीएका ब्यक्तिको परीवारलाई राहत दिने भनेको छ तर पनि अहिलेसम्म हामीले केहीपनि पाएको छैन् । नेपालमा भएको द्धन्द्धमा बिपक्ष नेकपा माओवादी पार्टी अहिले सरकारमा गईसकेकाले पनि पिडित परीवारले राहत पाउन असजिले भएको भन्दै उनले गुनासो गरे ।

सरकार र बेपत्ता पारिएका ब्यक्तिको छानवीन आयोगका कर्मचारीहरुको ढिलासुस्तीका कारणले अहिले म जस्तै हजारौँ पिडित परीवारहरुले कहिबाट पनि कुनै राहत पाउन सकेका छैनन् । छेडागाड नगरपालीका ८ का गगनबहादुर गिरीले दुख मान्दै भने, द्धन्द्धमा मैले मेरो हजुरबुबालाई २०५४ सालमा गुमाउन बाध्य भएँ । उहाँहरु बेपत्ता पार्नेलाई कारवाही त के हामी पिडित परीवारलाई कुनै राहत पनि दिईएको छैन् ।

वेपत्ता परिवार संगै घाइते तथा अपांग व्यक्तिहरुको अवस्था समेत गम्भीर रहेको अपांग जनयुद्ध घाइतेको संस्था जाजरकोटका अध्यक्ष तीलक बहादुर रावतले बताए । उनले भनेर्, जिल्लामा ३ सय भन्दा बढी जनयुद्धका घाइते छन उनीहरु सरकारले राहत दिएला भन्दै पर्खेका छन । जनयुद्ध सकिएको १९ बर्ष पुरा भयो तर घाइते परिवारले राहत पाएका छैनन ।’

तपाईको प्रतिक्रिया