साहित्यकार भाबुक मनिर्ष चन्द’ तीन उत्कृष्ठ गजल


भाबुक मनिष  चन्द’
भेरी नगरपालिका ७ पुन्मा जाजरकोट

गजल
काँडैकाँडा बिचको गुलाफको फुल बनाएर
बुलबुल गरी निस्केको पानीको मुल बनाएर

खुब थोत्रो भाषण दिई रहेका छौ ए नेता ज्युँ
विकासको नाममा एक दुई वटा पुल बनाएर

तिम्रा छोराछोरी बिदेश पठाउँछौ पढ्न भनेर
बरु नेपालमै पढाउ बिदेश जस्तो स्कुल बनाएर

गर्नेले गल्ती गरिरहेको रहेछ माफि मागीमागी
अल्झिए व्यर्थै उसको गल्तीलाई भुल बनाएर

मिल्नुपर्छ हामी सबै एकतामा ठुलै बल हुनेछ
जसरी देखाउँछ कमिलाले आफ्नो हुल बनाएर

गजल
शक्तिशाली बलवान् आफ्नै बलमा बस्छ
शेर जतिसुकै तगडा होस जंगलमा बस्छ

दुधको साँची बिरालोलाई राखेर उसले
भलाद्ममी बन्छ आफू छलफलमा बस्छ

सम्मानका लागि पाउनुलाई कुर्सी थमाएर
आफूले भुईको धुलो पुच्छ चप्पलमा बस्छ

नेता ज्यँु तिम्रा पो सहरमा ठुला महल छन
बिर्सियाँै कर्णाली एकसरो कम्मलमा बस्छ

उ हिजो क्रान्तिकारी हँु भन्दै गाउँमा आयो
आज सहर फरक राजनीतिक दलमा बस्छ

गजल
तिमी सुनको म पथ्थरको मिल्दै मिल्दैन
तिमी महलको म बगरको मिल्दै मिल्दैन

थाहा भएन प्रिया मेरो औकात के थियोे
म गाउँको तिमी सहरको मिल्दै मिल्दैन

पलाउनुपर्छ तिमिलाई झर्नु पर्छ मलाई
तिमी पालुवा म पतझरको मिल्दै मिल्दैन

मैले देखाए बुझ्छु चिन्ह खडा गर्नुपर्छ तिम्रो
तिमी संकेतको म नजरको मिल्दै मिल्दैन

कसरी प्राप्त होला र हाम्रो आवश्यकता
म मौकाको तिमी अवसरको मिल्दै मिल्दैन

तपाईको प्रतिक्रिया