काठमाडौं / नेपालीहरुको महानपर्व विजया दशमी बडा दशैं नजिकिँदै गर्दा युट्युबमा भने दशैंलाई लक्षित गरेर नयाँ गीतहरु आउन थालिसकेको छ ।
त्यस्तै बहुचर्चित लोक तथा दोहोरी गायक राजु परियार र सुस्मा बिसीको स्वरमा मार्मिक दशै गीत डिजिटल बजारमा सार्वजनिक भएको छ ।
घनश्याम तिवारीको शब्द संगीत र विनोद बाजुरालीले एरेन्जमा “घर फर्किनै दिन्न” बोलको गीत शुभाराम्भ डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । लाखौं परदेशीहरुको कथा व्यथा र पीडालाई गीत मार्फत प्रस्तुत गर्न खोजिएको देखिन्छ ।
स्मृति तिमल्सिना (गुरुआमा) ले निर्देशन गरेको भिडियोमा बिपृश घिमिरे र साया भण्डारीले उत्कृष्ट अभिनय गरेका छन् ।
याे भिडियाे हेर्नुहाेला ।
https://www.youtube.com/watch?v=hcB_NOq9sLc&feature=emb_logo
















































। २० भाद्र २०७७, शनिबार