
जाजरकाेट । जाजरकोटी चर्चित लोक तथा दोहोरी गायक दीपक नेपालीको नरोउ दिलको रानी गीत सार्वजनिक भएको छ । विहीबार गायक नेपालीले आफ्नै यूटुव च्यानल नवदुर्गा म्युजिक प्रा.ली बाट सार्वजनिक गरेका हुन । कुशे गाउँपालिका २ मा जन्म लिएका नेपाली विगत लामो समय देखि लोक तथा दोहोरी गीत संगितमा आवद्ध रहेका छन ।
रोजगारीको सिलसिलामा हाल मलेसियामा रहदै पनि हजारौँ नेपालीको मन मुटुमा बस्ने गीत गाउँदै आएका छन । विशुद्ध नरोउ दिलको रानी गीत प्रदेशीयका नेपालीहरुको वेदनामा आधारित रहेको नेपालीले हाम्रो पुहँच डटकमलाई जानकारी दिए ।
उक्त गीतमा गायक दीपक नेपालीको उत्कृष्ठ लय र शब्द संकलनमा दीपक नेपाली र शोभा अधिकारी समुधर आवाज भरिएको छ । उनले हाल सम्म २ दर्जन भन्दा बढि गीतमा आवाज भरिसकेका छन ।
















































। १८ भाद्र २०७७, बिहीबार