जाजरकोट । गत असार २५ गते गएको बाढीपहिरो प्रभावितलाई खानेपानीको समस्या रहेको छ । खानेपानी अबरुद्ध भएपछि बारेकोटका २ हजार घर परिवार शुद्ध खानेपानीको सुविधाबाट बञ्चित भएका छन ।
बारेकोट ४ को सार्कीटोल, जिरी, तल्लो जिरी, तलकोट, गोठगाउँ, ५ को तोलखाना, कालाखोली, भैलोखाना,, ६ को धुमा, घर्तीगाउँ, ताँसी, ७ को स्याला, सुवाकोट, लुहाग, १ को धौलाकोट, कोट्ली, तल्लो सिर्पाचौर, तलिआगर लगाएत वडाका बस्तीमा खानेपानीको चरम अभाव भएको छ । पहिरोको कारण दर्जनौ खानेपानी आयोजना बन्द भएका छन । गाउँमा आपुर्ती हुदै आएका खानेपानी पहिरोले क्षेती पुर्याएपछि स्थानीयबासीन्दा बर्खाको खोलामा बग्ने धमिलो पानी पिउन बाध्य भएको बारेकोट ४ का भक्तबहादुर शाहीले बताए ।
शुद्ध पिउने पानी अभावमा स्थानीय बासिन्दा झाडापखाला, आउ, जुका लगाएत रोगको जोखिम बढेको छ । पहिरोले खानेपानीका पाइप, ट्याङकी बगाएर लगेपछि खानेपानीको समस्या भएको पहिरो पिडितको गुनासो छ । विस्थापित बसेको स्थानमा समेत खानेपानीको व्यवस्थापन हुन सकेको छैन । उनीहरु खोला, कुवा, नाउलाको दुषित पानी प्रयोग गर्न बाध्य कालाखोलीकी विस्थापित बेलु नेपानीको भनाई छ ।
पहिरोले खानेपानी अबरुद्ध बनाएपछि ४ मा ५ सय घर, ५ मा ४ सय १० घर, ६ मा ३ सय ५० घर, ७ मा ६ सय घर, १ मा २ सय घरका २ हजार घर परिवार खानेपानी सुविधाबाट बन्चित भएका छन । तत्कालै खानेपानी आयोजना मर्मत तथा निर्माण गर्न सकिने अबस्था नै छैन ।
बारेकोट गाउँपालिकामा गएको बाढीपहिरोले करिब ३५ करोड रुपैयाँको क्षति पु¥याएको छ । बारेकोटमा पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन । गाउँपालिकाका अनुसार पहिरोमा ३ जना घाइते भए भने ६० घर पूर्णरुपमा भत्किएका छन् ।
३ सय ३४ परिवारका ८ सय जना विस्थापित भएर गोठ, विद्यालय र सार्वजनिक ठाउँमा बसिरहेका छन । वडा नम्बर ४, ५, ६, ७ र १ मा बढी क्षति भएको छ । पहिरोले पु¥याएको क्षतिको मुचुल्का उठाने काम भइ रहेका छ । अधिकांश गाउँमा हिँडडुल गर्ने बाटो छैन ।
विद्युत्, खानेपानी र सिँचाइ कुला, सडक पहिरोकै कारण अवरुद्ध भएका छन । नजिकै अव्यस्थित शौचालय भएकोले स्थानीयलाई महामारी फैलिने डर नेकपा नेता तिलकबहादुर रावतले बताए । नजिकै अस्थाई शौचालय छन । यसको दुषित हावाका कारण महामारीको फैलिन सक्ने बताए ।

















































। १८ भाद्र २०७७, बिहीबार