जाजरकोटमा एक हप्ताको निषेधाज्ञा हट्ने

निषेधाज्ञा पालना गराउँदै चितवनका वडाध्यक्ष

                                        सांकेतिक तस्वीर

जाजरकोट । जाजरकोटमा कोरोना भाइरस कोभिड १९ संक्रमण बढ्दै गएपछि भदौ ७ गते देखि निषेधाज्ञा जारी गरिएको थियो ।

जिल्ला सुरक्षा समितीको वैठक बाट कोरोना भाइसर कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको थियो । स्थानीय प्रशासनले गरेको निषेधाज्ञा सोमबार रात्ती बाट हटाइने भएको छ ।

आइतबार जिल्ला सुरक्षा समितीको वैठक बाट निषेधाज्ञा निरन्तर नलिने भनेपछि स्वत ः अन्त्य भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख किशोर कुमार श्रेष्ठले जानकारी दिए । कोरोना भाइरस संक्रमित फैलिएका क्षेत्र बाट संकलन गरिएको स्वावहरु सबै नेगेटिभ देखिएकोले सोमबार रात्ती १२ बजेदेखि शर्तसहित निषेधाज्ञा हट्ने प्रहरी प्रमुख श्रेष्ठले बताए ।

आइतबार दिउँसो बसेको जिल्ला सुरक्षा समितीको वैठकले निश्चित शर्तसहित भेरी नगरपालिका ३ । ४ को निषेधाज्ञा हटाएको श्रेष्ठले बताए । उनले भने, निषेधाज्ञा पुर्ण रुपमा हटेपनि यहाँका नागरिकहरुले सार्वजनिक ठाउँमा भिडभाड नगर्ने लगायतका शर्तहरु अपनाउनुपर्छ ।

जाजरकोटमा हाल सम्म ५० जना कोरोना संक्रमित भएका छन । खलंगा बाट संकलन गरिएका ३ सय ४० जनाको पिसिआर परिक्षण गर्दा कोरोना भाइरस नदेखिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।  #भेरीमालिका दैनिक#

तपाईको प्रतिक्रिया