१३ भाद्र २०७७, शनिबार

बाढी पहिरोले प्रसुति गृह बगायो

मुगु । मुगुमा एक प्रसुति गृहमा बाढी पहिरोले बगाएर लाखौको क्षति बनाएको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिकाको वडा नं. ३ खर्कमा अबिरल बर्षासँगै आएको बाढी पहिरोले बर्थिङ सेन्टरमा रहेका विभिन्न स्वास्थ्य सामाग्री सहित अन्य गरि लाखौंको क्षति पुर्याएको हो । मानव अधिकार तथा वातावरण विकास केन्द्र हेरेन्डेक नेपालको आर्थिक सहयोगमा निर्माण गरीएको प्रसुति गृह (बर्थिङ सेन्टर) भाद्र १० गते राती आएको अबिरल बर्षाले उक्त बर्थिङ सेन्टरमा क्षति पुर्याएको हेरेन्डेक नेपालले जनाएको छ ।

कार्यालयका अनुसार पहिरो आउदा यही २०७७ जेठ ५ गते बाट संञ्चालनमा आएको बर्थिङ सेन्टरमा राखेको औषधी लगायतका अन्य सामाग्रीहरु बाढीले बगाएको छ । खोलामा आएको बाढीले (लेदो माटो र ढुङ्गा) बगाएर ल्याउदा बर्थिङ सेन्टरका लागि प्रयोग हुने स्वास्थ्य सामग्री लगायत अन्य समानहरु क्षति भई कोठा पुरीएर ठूलो क्षति पु(याएको छ ।

साथै बर्थिङ सेन्टरको भान्सा कोठा र भित्रका वाल भत्केर क्षति भएको मानव अधिकार तथा वातावरण विकास केन्द्र हेरेन्डेक नेपालका कार्यक्रम प्रबन्धक नवराज रावतले जानकारी दिए ।कर्णाली प्रदेशका विकट हिमाली जिल्ला मुगुमा कति पय स्थानमा सडक सञ्जाल सँग नजोडिएका स्थानहरुमा अझै पनि यहाका गर्भवति महिलाहरुले सास्ती खेप्दै आईरहेका छन् ।

खत्याड गाउँपालिकामा बस्ने बिकट गाउँकी महिलाहरुले प्रसुति हुँदाको समयमा प्रयोग गर्ने एक मात्र प्रसुति गृह केही समय अगाडी मात्र संञ्चालनमा आएको थियो ।

दुर्गम गाउकि महिलाको समस्यालाई गर्दे महिलाहरुले अकालमै ज्यान जाने समस्या लाई समाधान गर्न हेरेन्डेक नेपालले बर्थिङ सेन्टर अथवा प्रसुति गृहको स्थापना गरेको थियो । बर्थिङ सेन्टरमा बाढी पहिरोले क्षेति पुगे पछि त्यहाका महिलाहरुलाई डेलिभरी गराउन कठिनाई हुने हेरेन्डेक नेपालका स्वास्थ्य शाखाकाले जनाएको छ ।

सोहि बाढी पहिरोले खत्याड गाउँपालिका वडा नं. ३ मा प्रसुति गृह आसपाका क्षत्रमा रहेका खेतमा लगाएको धान बालीमा समेत क्षति पुगेको स्थानीय बासिन्दाले जनाएका छन् ।