दश वर्ष कैद तोकिएका मुगुका फरार अभियुक्त पक्राउ

खड्क सुनार
मुगु । हिमाली जिल्ला मुगुको जिल्ला प्रहरी कार्यालयले भदौ गएको १० दिनमा १२ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

जबरजस्ती करणी र चोरी मुद्दा, कुटपिट र सामान्य झगडाका फरार अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका वडा नं ११ रिखिया बस्ने परेक राज शाहीका छोरा वर्ष २१ क शुक्रराज शाहीलाई यही मंगलबार साझँ साढे सात बजे खत्याड गाउँपालिका वडा नं ११ को बिरा बगर भन्ने स्थानबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

जिल्ला सदरमुकाम गमगढीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर जिल्ला प्रहरीले पक्राउ गरेका फरार अभियुक्तलाई सार्वजनिक गरेको हो । प्रहरीले लगत्तै जिल्ला अदालत मुगुमा पेश गरेको छ । नेपालबाट फरार भई भारतको पञ्जाबमा लुकेका शाही लकडाउनको मौका छोपि घर पुगेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको मुगुका डिएसपि शाहले जानकारी दिए ।

उनका अनुसार ०७४ फागुन २१ गते अदालतले शाहीलाई दश वर्ष कैद र ६९ हजार तीन सय रुपैयाँ जरिवनाको फैसला गरिएको थियो । साविवको कोटडाडा गाविस वडा नं ४ हालको खत्याड गाउँपालिका वडा नं ११ डाडबनमा लुकरे बसेका शाहीलाई पक्राउ गरि अदालतमा पेश गरिएको छ । उनले भदौ महिनाको १० दिनमा १२ जना फरार अभियुक्तलाई पक्राउ गरेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मुगुले अभद्र व्यवहार, लागु औषध ओसारपसार गर्ने व्यक्तिलाई पक्राउ गरेर अदालतमा पेश गरेको हो ।
प्रहरी प्रमुख साहका अनुसा आफू मुगु जिल्लामा आए लगत्तै जिल्लालाई लागु औषध मुक्त जिल्ला बनाउने अभियान अन्तरगत फरार अभियुक्तलाई पक्राउ गरेको हो ।  नेपालबाेट 

तपाईको प्रतिक्रिया