कालीबहादुर नेपाली जाजरकाेट । जिल्लाको बारेकोट गाउँपालिका २ का दिपी नेपालीको परिवार सात बर्ष पहिले कमाई गर्न कालापार लागे । श्रीमान् ,श्रीमति,छोराछोरी बोकी कालापारमा राम्रो कमाई हुने आशमा गएका परिवार अहिले गाउँमा रित्तै फर्केका छन् ।
कालापारको बसाईमा उनीहरु १२ घण्टा काम गर्थे । रातदिन काम गर्दा समेत राम्रो कमाई हुन नसकेको उनको भनाई छ । उनले भनिन्र्, कालापार अर्थात भारत दिनमा ३ सय ५० रुपैयाँ भारतीय रकम ज्याला पाउँथ्यौँ ।’र्, जसको नेपाली पाँच सय बराबर हुन्थ्यो ।’ अहिले नेपालमा काम गर्ने हो भने झन्डै ८ सय भन्दा बढी ज्याला पाइदोरहेछ उनले भनिन् । सात बर्ष भारतीय भुमिमा बस्नु भन्दा नेपालमै काम गर्न लागेको भए हुदोरहेछ उनले दुखेसो गरिन् । नेपाल फर्केपछि अहिले उनको साथमा छोरीका छोराछोरी र छोरी उनको दुःख सुखमा साथ दिन्छन् ।
बर्खामा पानी पर्दा घरको छानो चुहिन्छ । अहिले खानालाई खास छैन, बस्नलाई बास छैन । आँखाभरी पार्दै उनले भनिन् । उनका ज्वाँई अहिले रक्सी नभई जिन्दगी चलाउन नसक्ने अवस्थामा छन् । दिपी नेपाली भारत गएर फर्केका नेपालीहरु मध्ये उदाहरण पात्र मात्र हुन । उनी जस्तै जिल्लाका अधिंकाश नागरिकको बास्तविक पिडा हो ।
गाउँका ठेकेदारहरुले कमाई राम्रो हुन्छ भनेको भरमा उनीहरु कालापार जान्छन् तर कमाई राम्रो नभई रित्तै फर्किन्छन् । बारेकोट गाउँपालिका २ कै रतनबहादुर नेपाली आज भन्दा ३ बर्ष पहिले भारतमा छोराछोरी सहित सह परिवार कालापार गए । कालापारमा कमाई गर्न गएका उनी परिवार पाल्न समस्या भएपछि नेपाल फर्के । अहिले आफ्नै वारीमा खेतीपाती गर्दै परिवार पाल्ने मात्र होइन तीन छोराहरुलाई पढाउँदै छन् । उनी भने्र्, भारतमा काम गर्दै गरेको भए अहिले परिवार पाल्न निकै समस्या हुने रहेछ ।’ नेपाल फर्केर काम गरेपछि अहिले छोराछोरीलाई पढाउन सजिलो भएको उनको भनाई छ ।
कमाउन गएका कुलतमा
भारतीय भुमिमा गएका अधिंकाश यूवाहरु कुलतमा फसेर नेपाल फर्कने गरेका छन् । बारेकोट गाउँपालिका भित्रका यूवाहरु पैसा कमाउन नभई लागुऔषधमा रमाउन गएका जस्तो देखिन्छन् । बारेकोट २ का शान्तबहादुर नेपालीका भाई भारतमा कमाउन जान लागेको ३ बर्ष भयो । उनका भाईलाई रक्सी,चुरोट,गाँजा नभई हुदैन ।
उनले भनेर्, कमाउन होइन कुलतमा फस्न गएको जस्तो भयो ।’ मैले भनेको थिए भाई यतै नेपालमा केही गरौँ उता पनि कमाई हुदैन् ।
साथीको कुरामा लागेर गयो । अहिले रक्सी विना जिन्दगी चलाउन सक्दैन उनले भने । यस्तै, वडा २ कै रंगवीर कामीको साथमा एक बोतल रक्सी खाली हुदैन् । उनले रक्सी नखाए जिन्दगी चलाउन नसक्ने उनका भाई बीरबहादुर कामीले बताए । गाउँबाट भारत कमाउन गएकामध्ये अधिकांश कुलतमा फसेका जनता आधारभुत विद्यालयमा प्रधानध्यापक धनबहादुर नेपालीले बताए । भेरीमालिका दैनिक
















































। २८ माघ २०७६, मंगलवार