शाही मृत्यु प्रकरण : पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

२८ माघ, कैलाली । पूर्व–पश्चिम राजमार्गअन्तरर्गत पर्ने कैलालीको लम्की सडक खण्ड अवरुद्ध गरिएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका गोराङ्गेमा सोमबार राति घाइते अवस्थामा फेला परेका बर्दियाका शेरबहादुर शाहीको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध गरेका हुन् ।

ठक्कर दिने सवारीको पहिचान गरि आवश्यक कारवाहीको माग राख्दै उक्त सडकखण्ड अवरुद्ध गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घाईते अवस्थामा रहेका ४५ वर्षीय शाहीलाई उपचार गर्न लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । ठक्कर दिने सवारी साधनको पहिचान सहित उसलाई उचितकारबाहीको माग गर्दै मृतकका आफन्तहरूले सडक अवरुद्ध गरेका हुन् ।

सडक खण्डको अवरुद्ध हुदा सवारीसाधनको जाम लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

तपाईको प्रतिक्रिया