कविता- बा

Image may contain: 1 person, closeup
              छन्द: शार्दूलविक्रीडित
सारा बर्ष रुदै रुदै बितिगयो, सम्झेर बाबा भनी ।
एकै क्षण् मुटु एउटा चुडिलियो, झम्टेर दुष्टै बनी ।।
कस्तो दैव रहेछ छिद्र मनको, एक्लो बनाई दियो ।
खेल्थे साथ भनेर बा अब कठै, शब्दै हराई दियो ।।
मेरा बालक काल काख ल सधै, हाँसेर बाबा सितै ।
निद्रा लागि निदाउथे पिठिउमा, खेलेर बाबा सितै ।।
बोल्थे लाैन भनेर चुम्बन गरी, हाँसो सितै हाँस्दथे ।।
पर्दा कष्ट जुटेर हातसित मै, तानेर नै नाँच्दथे ।।
गर्थे प्रेम सधै भरी म गुरु झै, अादर्शमा लम्किदै ।
अस्ताए अब बा सधै अटलमा, तारा बनी चम्किदै ।।
छाड्याै लाैन अहो लगी सडकमा, एक्लो भएकोछु म ।
तिम्रो साथ अहो सधै छुटिगयो, बेग्लै भएकोछु म ।।
श्रद्दा गर्छु झुकेर लाै दिन दिनै, बाबा तिमी छाै कहाँ ।
रूने गर्छु लुकेर लाै छिन छिनै, बाबा तिमी छाै कहाँ ।।
बाबा शब्द सदैब यो मनभरी, बस्छन् कलेजातिर ।
कस्तो दैव भयाै अहो जगतमा, यक्लो भए अाखिर ।।
                              डिल्ली थापा “चिन्तन” बारेकोट-२ जाजरकोट हाल दाङ
तपाईको प्रतिक्रिया