६ महिनामा एक खर्बको इन्धन आयात

मुलुकमा पछिल्लो ६ महिनामा एक खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सवारी साधनको बढ्दो प्रयोगसँगै बजारमा इन्धनको माग बढ्दै गएकाले चालू आर्थिक वर्षको ६ महिनामा झन्डै एक अर्ब रुपैयाँको इन्धन भित्रिएको हो ।

नेपाल आयल निगमका अनुसार ६ महिनाको अवधिमा ९६ अर्ब ४४ करोड ७२ लाख ९५ हजार रुपैयाँ बराबरको १५ लाख ९१ हजार ३ सय ४८ किलोलिटर इन्धन भित्रिएको हो । निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले ६ महिना अवधिमा झन्डै एक खर्ब रुपैयाँ बराबरको इन्धन आयात भएको बताए । बजारमा इन्धनको खपत बढ्दै गएकाले सोही अनुसार आयातमा पनि बढ्दै गएको उनको भनाइ छ ।

यस अवधिमा सबैभन्दा धेरै डिजेल ८ लाख ८१ हजार ६७ किलोलिटर आयात भएको छ । पेट्रोल ३ लाख ३६ जार ६ सय ३०, मटीतेल १३ हजार ८ सय ३४ किलोलिटर आयात भएको निगमले जनाएको छ । हवाई इन्धन १ लाख ८ हजार किलोलिटर आयात भएको छ । सो अवधिमा दुई लाख ५० हजार ८०८ टन खाना पकाउने एलपीजी ग्यासको आयात भएको छ ।

 

निगमका अनुसार मासिक पेट्रोल ५१ हजार ७ सय ८९ किलोलिटर, डिजेल एक लाख ३५ जहार पाँच सय ४८, मट्टितेल दई हजार एक सय २८, हवाई इन्धन १६ हजार सात सय ७० किलोलिटर आयात भएको छ । एक महिनामा ३८ हजार ५ सय ८५ टन ग्यास आयात भएको छ । निगमका अनुसार जुलाई महिनाको १५ दिनमा १ लाख २५ हजार ९ सय ५६ किलोलिटर इन्धन आयात भएको छ । यस्तै अग्रष्ट महिनामा २ लाख १३ हजार ३७५ किलोलिटर, सेप्टेम्बर महिनामा २ लाख ९ हजार ५ सय ८८ किलोलिटर इन्धन आयात भएको निगमको तथ्यांक छ ।

स्तै, अक्टोबर महिनामा २ लाख ४० हजार २ सय २३ किलोलिटर इन्धन आयात भएको छ । नोभेम्बर महिनामा दुई लाख ५९ हजार ३ सय ४४ किलोलिटर र डिसेम्बर महिनामा दुई लाख ७२ हजार १ सय ४९ किलोलिटर इन्धन आयात भएको निगमको तथ्याङक छ । यस्तै जनवरी महिनामा दुई लाख ७० हजार एक सय १० किलोलिटर इन्धन आयात भएको छ । यस अवधिमा दुई लाख ५० आठ सय आठ टन खाना पकाउने एलपीजी ग्यासको आयात भएको छ ।

 

यसैबीच, चिसो बढेसँगै ग्यासको आयातमा बढ्दै गएको छ । जनवरी महिनामा ३९ हजार एक सय २६ क्विन्टल ग्यास आयात भएको छ । डिसेम्बर महिनामा ४१ हजार आठ सय ८५ टन ग्यास आयात भएको छ । यस्तै नोभेम्बर महिनामा ४२ हजार १ सय ६८ टन, अक्टोबार महिनामा ३६ हजार ९ सय ५१ टन ग्यासको आयात भएको निगमको भनाइ छ ।

सेप्टेम्बर महिनामा ४० लाख २ सय ६४ र अगष्ट महिनामा ३१ लाख ५ सय ६३ टन ग्यास आयात भएको थियो । चिसो मौसममा ग्यासको खपत धेरै हुने भएकाले पनि अन्य समयमको तुलनामा चिसो मौसममा धेरै ग्यास आयात हुने गर्छ । ग्यासमा कोटा निर्धारण नभएकाले पनि उद्योगीले आवश्यकता अनुसार ग्यास ल्याउने गरेका छन् ।

निगमले इन्डियन आयल कर्पाेशन(आइओसी)लाई इन्धन खरिद गरेवापत मासिक १० देखि १५ अर्ब रुपैयाँ बुझाउने गर्छ ।

तपाईको प्रतिक्रिया