
-नरेश राना, जाजरकोट ।
आमाले हरेक क्षण मेरैबारे सोच्नु हुन्छ
खाना खायौं कि खाएनौं भनेर सोध्नु हुन्छ ।
जब हररात निदरीमा ऎठन पर्छ मलाईं,
छिट्टै आएर मेरो निदरी बिथोल्नु हुन्छ ।
घरी आफ्ना दु:ख घरी मेरा दु:ख सम्हालेर,
हत्केलामा मुटु पिठ्युँमा भारी बोक्नुहुन्छ ।
विहानै उठेर बाबाको लामो आयु होस् भन्दै,
लिएर मायाको चिनो शिरमा रोप्नु हुन्छ ।
















































। १ भाद्र २०७७, सोमबार