
जाजरकोट । गत असार २५ गते पहिरो बाट प्रभावित भएका ३२ घरपरिवारलाई ५० हजार सहयोग गरेका छन । जिल्लाको बारेकोट गाउँपालिका वडा नं ४ बोहराजिरी घर भई हाल अमेरिकामा बस्दै आएका लोकबहादुर बोहरा र उनकी धर्मपत्नी हिरा वलीले पहिरो बाट विस्थापित भएका ३२ घर परिवारलाई ५० हजार सहयोग गरेका हुन ।
पहिरो बाट विस्थापित परिवालाई खाना लाउन निकै समस्या परेको भन्ने सुनिएपछि आफुहरुले पिडित परिवारलाई सहयोग गरेको लोकबहादुर बोहराले बताए । शुक्रबार बारेकोट गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष सिर्जना बस्नेतले उक्त रकम पिडित परिवारलाई हस्तान्तरण गरिएको वडा सचिव डम्बर पुनले जानकारी दिए ।
उनका अनुसार वडापालिका भित्र प्रभावित भएका ३२ घरपरिवारलाई एकमुष्ट रकम हस्तान्तरण गरिएको छ । प्रभावित क्षेत्रका नागरिकलाई थोरै भएपनि राहतको महसुस भएको वडाध्यक्ष बस्नेतको भनाई छ । यस्तो राम्रो काम गरेको भन्दै सहयोगी मनहरुलाई धन्यवाद समेत व्यक्त गरिन ।
















































। ३२ श्रावण २०७७, आईतवार