जाजरकाेट । पश्चिम रुकुम चौरजहारीको सोतीमा गत जेठ १० गते भएको घटनामा हत्या भएकाहरुका परिवारलाई सरकारले १० र १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । मंगलबार मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थमन्त्रीसमेत रहेका सञ्चारमन्त्री डाक्टर युवराज खतिवडाले मृतकका परिवारलाई आर्थिक सहायता र घाइतेहरुको उपचार गर्ने निर्णय भएको जानकारी दिए ।
उक्त घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनार र भेरी नगरपालिका वडानम्बर ११ का गोविन्द शाहीको हत्या भएको थियो ।
अन्य १२ जना घाइते भएका थिए । दलित समुदायका नवराजले चौरजहारीको मल्ल ठकुरी थरकी केटी लिन जाँदा घटना भएको थियो ।
संसदीय छानबिन समिति र विभिन्न तहबाट गठित समितिहरुले उक्त घटना जातीय र सामूहिक हत्या भएको निष्कर्ष निकालेका छन् ।घटनाका २३ जना अभियुक्तहरु पूर्पक्षका लागि थुनामा छन् ।
















































। २७ श्रावण २०७७, मंगलवार