राष्ट्रिय युवा संघ  पहलमा  : बारेकाेटका पहिराे पिडितलाई  दुई लाख भन्दा बढीको राहत संकलन भिडियो फिचर सहित

राष्ट्रिय युवा संघको  पहल

जाजरकोट ।
गत असार २५ गते बारेकोटमा गएको पहिरोबाट विस्तापित परिवारलाई सदरमुकाम खलंगामा राहत संकलन गरिएको छ । पहिरोबाट विस्थापितको लागि जाजरकोटका राष्ट्रिय युवा संघका नेता कमल आचार्यको समन्वयमा राष्ट्रिय युवा संघ नेपाल जाजरकोटले आज खलंगामा राहत संकलन गरेको हो ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य विश्वविक्रम शाह, मोहीत वि.क, प्रदेश कमिटी सदस्य लोकेन्द्र गौतम
भेरी नगरकमिटिका अध्यक्ष लोकेन्द्र चन्द लगायतका युवाहरु परिचालित भइ दुई लाख भन्दा बढिको राहत संकलन गरिएको हो । राहत संकलन अभियान चलाएको पहिलो दिनै धेरै सहयोग जुटेको छ ।

पहिलो दिन एक सय मिटर भन्दा बढि विछ्याउने म्याट, बालबालिका देखि बृद्धबृद्धालाई बिभिन्न लत्ताकपडा, जुता चप्पल, स्टिलका भाँडाकुडा, ६ पेटी सावुन, ब्रस–मन्जन, प्लाष्टिकका विभिन्न भाँडाकुडा, टर्च लाइट लगायतको राहत सामग्री संकलन गरिएको छ ।

सदरमुकामका व्यापारीहरुले आफुसंग भएको विभिन्न सामग्रीहरु उल्लेख्यमात्रामा सहयोग गरेको केन्द्रिय सदस्य विश्वविक्रम शाहले बताउनुभयो । पहिरोले विस्थापित परीवारलाई थोरै भएपनि सहयोग होस भनी आफुहरुले राहत संकलन अभियान चलाएको उहाँको भनाई छ ।

भेरी नगरकमिटिका अध्यक्ष लोकेन्द्र चन्दले बारेकोटमा पहिरोबाट विस्थापित भएका परिवारको लागी संचालन गरिएको राहत संकलन अभियानमा सहयोग गर्न सवैलाई आग्रह गर्नु भयो । आफुहरुले नगद रकम संकलन नगरि लत्ताकपडा लगायतका दैनिक उपभोग्य सामग्रही संकलन गरेको उहाँको भनाई  .। संकलित राहत सामग्री पहिरोले विस्थापित भएर बारेकोट गाउँपालिका बिभिन्न स्थानमा पाल टाँगेर बसेका परिवारलाई सम्बन्धित स्थानमै गएर वितरण गरिने केन्द्रिय सदस्य मोहीत विकले जानकारी दिनुभयो । राहत संंकलन अभियानमा लोकेश सिंङ, कमल आर्चाय, रोजमिना शाही, विर बहादुर घर्ती, नवराज शाही, कर्ण बिष्ट, लगायतका बिभिन्न युवाहरुको पनि सहभागिता रहेको थियो । भिडियो फिचर-
https://youtu.be/v-ztLJS1aGk

तपाईको प्रतिक्रिया