
राम्रो संग जा भन्दै हुन्नथ्यो बा’ले छुट्ने बेलामा
रोक्न चहान्थे आमाका आखाले छुट्ने बेलामा
तिमी कत्ति कठोर छौं,त्यही दिन मात्र थाहा भो
जब तिमी बाहेक सबै रुन थाले छुट्ने बेलामा
समाजमा हिटलरको छबि बनाएका मेरा बाले
भलभल्ति आँसु किन? निकाले छुट्ने बेलामा
आँखा भित्र आँसु, झोला भित्र राहदानी हालेर
पीडा नभए झैँ गरि झोला उचाले छुट्ने बेलामा
मेरो अन्तिम संस्कार हुदैछ! मलाई यस्तै लाग्यो
बिदाई का हात हल्लाउँदा प्रियाले छुट्ने बेलामा
राज समर्पण शाही जाजरकोट
















































। २६ श्रावण २०७७, सोमबार