जाजरकोट । न्युज २४ नेपाल टेलिभिजनमा प्रसारित लोकप्रिय कार्यक्रम सिधाकुरा जनता संगमा प्रसारित समाचार प्रति आपत्ती जनाइएको छ । शनिबार जाजरकोटको सदरमुकाम खलंगामा पत्रकार सम्मेलनमा विहीबार जाजरकोट दरबार बाट प्रसारित सिधा कुरा जनता संग कार्यक्रममा स्याँला घटनाको विषयमा पिडित भनिने परिवारलाई मात्र समेटेको भन्दै आपत्ती जनाइएको हो । पिडक भनिएका जगत सुनुवारका भाई रविन सुनारले पत्रकार सम्मेलनमा बोल्दैर्, जाजरकोट पुग्नुभयो रवि दाई हामीलाई साह्रै गर्व छ ।
तर जाजरकोट प्रवेश गरेपछि उहाँले पिडित परिवारको कुरा सुनेर मात्र लोकप्रिय कार्यक्रम मार्फत समाचार बजाउनु भयो । उनीहरुको भन्दा हामी धेरै पिडित छौँ । एकपटक उहाँले हामीलाई सोधेको भए खासै फरक पर्ने थिएन ।’र्, त्यसैले एकतर्फी प्रसारित समाचार प्रति हाम्रो आपत्ती छ । समाचारमा प्रसारित रेर्कड गरिएको अवाज समेत मेरो होइन । तर विप्लवले फोन गरेर मलाई धम्की दिएको छ । मानिसको ईज्जतमा धज्जी उडेको छ । मलाई थाहा थिएन । दाईले एकतर्फी समाचार प्रस्तुत गर्नुहुन्छ भनेर ? दाई नेपालकै नम्बर १ पत्रकार हुनुहुन्छ हामीलाई पनि यस विषयमा सोध्नुहुन्छ भन्ने कुरामा आफु विस्वस्थ रहेको बताए । तर रवि लामिछानेले एकतर्फि पिडित बालिकालाई मात्र सोधेर कार्यक्रम तयार गरी प्रसारित गरेपछि आफुहरुको इज्जतमा दाग लागेको बताए । उनले थपेर्, हामी त व्यापार गरेर खाने मान्छे हौँ ।
हामी मार्दै हिड्ने मान्छे होइनौँ जस्तो लाग्थ्यो तर दाईको लोकप्रिय कार्यक्रम मार्फत हामीलाई हत्यारा बनाउनु भएको छ । दाईको स्थलगत रिर्पाेटिगंमा सबै ठीक छ प्रसारित कर्यक्रममा बजाएको भिडियोका लागि के प्रमाण भेट्नुभयो ?र्’ अनि लोकप्रिय कार्यक्रम मार्फत बजाउनुभयो । त्यो हामीलाई कुनै पनि थाहा छैन ।
तर दाईको सबै ठीक छ हामी तपाईको दर्शक पनि हो । मुद्धा अदालतले फैसला नगर्दै तपाईले हामीलाई कसरी हत्यारा बनाउनु भयो ।र्’ हामीलाई सोधेर कार्यक्रम तयार गरी प्रसारण गरेको भए हामी पनि आपत्ती जनाउने थिइनौँ । दुई पक्षलाई नभेटेर कसरी समाचार बनाउनु भयो । त्यसैले दाजु जाजरकोट आएर फेरी दुवै थरीलाई सोधेर समाचार बनाउनुपर्छ । हैन भने हाम्रो महानानी भएको छ ।’ हामी नजिकै अदालत सम्म पुग्छौँ ।
तपाईको नाममा महानानीको मुद्धा दर्ता गछौँ भन्दै उपस्थित पत्रकाहरुलाई जानकारी दिएका थिए र्। स्याँलामा पटक पटक गरी ३ वटा घटना भएका छन तर प्रहरीले प्रमाण नै भेटेको छैन गाउँमा घटेका सबै घटना हाम्रै नाममा दिने गरिएको छ । त्यसैले यसलाई प्रस्ट पार्नुछ । लोकप्रिय कार्यक्रम सिधाकुरा जनता संगमा स्याँलामा घटना घटाउने , पिडित बालिकालाई धम्की दिने, बलात्कारको प्रयास गरिएको भन्ने छ त्यो गलत भएको जानकारी गराउँदछु ।’
फोन मार्फत भनिएको मेरो अवाज काटेर हालिएको छ । फोनमा त दोहोरा कुराकानी हुन्छ होला नि ?’ त्यसैले दाजु एकपटक जाजरकोट आएर बुझेर समाचार त्यहि कार्यक्रममा त्यसरी नै बजाउनुहोस न ? भन्दै आपत्ती जनाएका थिए ।
https://www.youtube.com/watch?v=3r61tSpx5JQ&feature=youtu.be&fbclid=IwAR0STavc7Hc_eJ-2JqhwR6MRT4fwxHmH6tCMBxqVEe7TPMZDbVtGknpVpIk
















































। २५ श्रावण २०७७, आईतवार