
एक स्मरण !!!
२०६१साल साउन २४ गते एकाबिहानै कलेजबाट फर्कदै थिए ! शीतल उच्च मावि चाैरजहारीका प्राचार्य गणेशप्रसाद रिजालले भन्नुभयाे ,” हेमन्त बाबू तिमिलाई धुर्वले भेट्न खाेजिरहनु भएको छ , मुल सडककाे छेउ तिर ठुलाे घरकाे भित्र घारि पट्टी रहेकाे सानाे काेठामा जाउ बाँकी कुरा त्यहीँ हुन्छ ,” ! म ट्वाल्ल परे , काे धुर्व फेरि मलाई किन भेट्ने के काम रहेछ ? यस्तो सङ्कटकाे समयमा ! म डराउदै केही जिज्ञासा र केही काैतुहलताका बीचमा त्याे अध्याराे काेठामा पुगे ।
त्यहीँ केही थान रेकर्डर , क्यामरा र जनादेश पत्रिका देखे ! मलाई केही अनुमान लगाउन अब , कठिन भएन । किनकि म माअाेवादिले सञ्चालन गरेकाे रेडियो सुन्दै गर्दा याे भन्दा पहिला गिर्फतार भईसकेकाे थिए । जनादेशकाे साथमा सञ्चार उपकरण सहितकाे मान्छेसँग भेट्ने कुरा म युद्धमा हाेमिएका पत्रकार सँग भेट्दै छु भन्ने उतर अाफै मनमनै मिलाई सके !! काेठा भित्र पुगेर नमस्कार गरे , उहाँले अभिवादन गर्नुभयो ।
बस्यौं भन्नुभयाे , मैले अाेके सर भने । उहाँले मलाई पहिलो प्रश्न मेराे कामबाट सुरु गर्नुभयाे ? तपाईंको भितेपत्रिका हेरे , राम्रो रहेछ अब सहकार्य गराै । अब हामीलाई नि समाचार दिनु पर्याे , मैले हस् भने । त्याे भन्दा पहिला म विद्यार्थी ( क्रान्तिकारी ) भएर ठाउँ ,ठाउँमा सङ्गठन बनाउने काम गरिरहेकाे थिए । अब मेराे भुमिका विद्यार्थी बाट पत्रकारिता तिर साेझियाे ।
मैले चाैरजहारीमा पढ्दै गर्दा क्रान्तिकारी विद्यार्थी भएकाे भन्दै त्यतिबेलाका नेपाल विद्यार्थी सङ्घ का साथिहरुले बाहिर गाउँ बाट अाएर दादागिरी मचाउने भनी पटक , पटक ज्यान लिने धम्की दिन्थे तर उनिहरुलाई मेराे भित्री कुरा खास थाहा थिएन जति त्यहाँका प्राचार्य गणेश रिजाल ( गुरु) लाई थाहा थियाे । अाज सयाेगले उनै साथि ( नेविसंघ ) सँग जम्का भेट भाथ्याे तर बाेलिएन । साे समय देखि धुर्वविक्रम बुढाथोकी र म बीच बढेकाे सम्बन्ध अहिले पनि जारि छ । अहिले उहाँ नाताले मेराे साढुदाई पक्षबाट भिनाजु पर्नुहुन्छ ।
अहिले कर्णाली प्रदेश मुख्य मन्त्री काे सञ्चार विज्ञ हुनुहुन्छ । म जाजरकोट पत्रकार महासङ्घकाे सचिव र प्रेस सङ्गठनकाे जिल्ला सयाेजक छु । अहिले हामी पत्रकार काे रुपमा नभई भिना र सालाकाे नाताले सम्बन्ध स्थापित छ । पत्रकारिता गरिरहदा प्रमाणपत्र काे लागि मैले लिएका तालिम मात्र अपुग जस्तो लागेपछि पुर्वञ्चल विश्वविद्यालयबाट अाम सञ्चार र पत्रकारितामा डिग्री गर्ने मेराे ईच्छा समेत करिव , करिव पूरा हुनै अाटेकाे छ !! सरकारी समाचार एजेन्सी (राष्ट्रिय समाचार समिति, रासस) काम गर्न थालेकाे पनि करिव दर्शक वितेकाे छ । अाफै पनि www.nepalpostkhabar.com चलाउछु ! देशकाे अग्रता अाेगटेकाे नयाँ पत्रिका राष्ट्रिय दैनिकमा समेत अावद्द छु । यात्रा जारी छ ।।। पत्रकार केसीकाे सामाजिक सञ्जाल फेसवुक बाट साभार गरिएकाे ।
















































। २४ श्रावण २०७७, शनिबार