
सुनिल महर । रुुकम पश्चिमको आठविसकोट नगरपालिकामा ट्याक्टर दुर्घटना भएको छ
आठविसकोट नगरपालिका ९ पाखादेखि राडि बजार आउँदै गरेको भे १ त ४६८२ नम्वरको ट्याक्टर आज दिउसो २ बजे र ३ मिनेट गएको समयमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय आठविसकोटले जानकारी दिएको छ ।
दुर्घनामा कुनै पनी मानविय क्षती भने भएको छैन । झण्डै ३०० मिटर तल खस्दा टयाक्टर क्षेतविछेद अवस्थामा पुगेको इलाका प्रहरी कार्यालयको भनाई छ । चालक भने हाम फालेर फरार भएको र उनको खोजी भैरहेको प्रहरीले वताएको छ ।
टयाक्टरका टायरहरु एक्का एक्लै भएका छन भने एक वटा टाएर गिजागाडले बगाएर लगेको प्रत्यक्षदर्शिले वताएका छन । पहिरो खसेर अवरुद्ध भएको बाटो फरार चालकका परिवार मिलेर गाडी चल्ने खालको वाटो बनाई राडि ल्याउन खोज्दा ट्याक्टर दुर्घटना भएको स्थानियले बताएका छन ।
















































। २४ श्रावण २०७७, शनिबार