रुकुम पश्चिममा बजारमा भइरहेको भए तत्काल सुधार गर्ने उद्देश्य अनुसार बजार अनुगमन सुरु गरिएको हो ।
पहिलो चरणमा ठुला भनिएको वर्षा ईन्टरप्राइजेज, पुरी किराना पसल, आरके मानाकोटी लगाएत करिव २४० वटा पसलमा अनुगमन गरिएको छ । अनुगमनको क्रममा पसलहरुमा व्यवसाय दर्ता, पाना नं, मुल्य सुची, खाद्य बस्तुको प्याकेजिङ, उत्पादन मिति, उपभोग गर्ने वा प्रयोग गर्ने निश्चित समय लगायतका विषयमा अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा म्याद सकिएका मालसामान बिक्रिवितरण गरेको, व्यवसायि दर्ता नगरेको, एउटा व्यावसायि दर्ता गरेर अर्कै सञ्चालन गरेको पाइएको र त्यस्तो पसललाई पहिलो पटक सचेत गराईएको र दास्रो पटक भेटिएमा रु ५००० पाँच हजार जरिवाना हुने प्रमुख प्रशासकीय अधिकृत रामबहादुर के.सीले जानकारी दिनुभयो । कर्मचारी, पत्रकार, सुरक्षाकर्मी लगाएको टोलीले नगरपालिकाको नयाँबजार, पुरानोबजार, नार्जि, मेलैनाउली, मलामेडाँडा, चौफा र कोटजहारी लगाएतका बजारका विभिन्न पसलहरुमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा म्याद सकिएका रु. एकलाख ८० हजार मुल्य बराबरका चाउचाउ, विस्कुट, भुजा, पेयपदार्थ, दाल लगाएतका दैनिक उपभोग्य बस्तुहरु बरामत गरि नष्ट गरिएको अनुगमन टोलिका सदस्य निर्मल ओलीले मालिका पोष्टलाई जानकारी दिनुभयो ।
अबदेखि प्रत्येकहप्ताको १ दिन निरन्तर रुपमा अनुगमन गर्ने र सुरुवाती चरणमा मापदण्ड विपरितका पसलहरुलाई सुझाव तथा निर्देशन दिने र सुधार नभए कारवाही गरिने अधिकृत के.सीले जानकारी दिनुभयो ।
सडकमा मालसामान राख्नेलाई कार्वाहि गर्ने
चौरजहारी बजार क्षेत्रमा रहेको सार्वजनिक जग्गामा व्यापारिक प्रयोजनका सामग्रीहरु राख्ने क्रमले बजार क्षेत्रमा अस्तव्यस्ता बढेको छ । विशेष गरि सडक क्षेत्रमा राखिने ग्यास सिलिन्डर, ड्रम लगायतले यातायातका साधन सञ्चालनमा कठिनाइ हुनुको साथै बजारमा हिडडुल गर्ने यात्रुहरुलाइ पनि समस्या भइरहेको स्थानीय सरोकारवालाहरुले बताएका छन ।
सडकछेउछाउमा गिट्टी, बालुवा राख्ने काम पनि हुने गरेकोले यसरी अव्यवस्थित रुपमा सार्वजनिक क्षेत्रमा सामग्रीहरु राखिदा बजारको सौन्दर्यतामा हानी पुग्नुको साथै दुर्घटनाको जोखिम समेत बढ्ने तर्फ ध्यान दिनुपर्ने देखिएको छ ।
चौरजहारी नगरपालिकाले बजार अनुगमन निर्देशिका निर्माण गरि कार्यान्वयनमा पनि ल्याइसकेको छ । सो निर्देशिका बमोजिम अनुगमन सुरु गरिएको बताउदै प्रशासकीय अधिकृत राम बहादुर के.सीले ‘सार्वजनिक स्थलमा निजि सम्पती राख्न नपाइने यदि कसैले सार्वजनिक सडक मिचेर मालसामान राखेको पाइएमा नगरपालिकाको आर्थिक ऐन, २०७७ अनुसार रु ५०० देखि रु ५००० सम्म जरीवाना हुने बताउनु भयो । मालिका पाेस्ट
















































। २३ श्रावण २०७७, शुक्रबार