राहत वितरणमा पार्दशिता नभएको भन्दै वडा कार्यालयमा तालाबन्दी

जाजरकोट  । जिल्लाको बारेकोट गाउँपालिका वडा नं.४ को वडा कार्यालयमा तालान्बदी गरिएको छ । गत असार २५ गते गएको बाढीपहिरो पिडितलाई राहत वितरणमा पार्दशिता नभएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको हो । बाढी पहिरो बाट जिरी,मैना, गोठगाउँका वस्तीमा बाढी पहिरोले जनधनको क्षति पुर्याएको छ ।

बाढीपहिरो पडितका लागि आएको राहत अहिले सम्म वितरण नगरेको, राहतमा पनि नातावाद कृपावाद प्रयोग गरी आफना कार्यकर्ता तथा आफन्तलाई वितरण गरिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको पत्रकार तीर्थ बोहराले जानकारी दिए ।

सरकार तथा दातृ निकायले हस्तान्तरण गरेको राहत नपाउँदा विस्थापित परिवारमा खाद्यान्नको समस्या देखा परेको छ । तर हस्तान्तरण गरिएको राहतनै जनता सामु नपुग्नुले पनि नागरिक माथी ठुलो खेलवाडा भएको भन्दै फिरिकरण आमा समुहले तालाबन्दी गरेको छ ।

असार २५ गतेको बाढी पहिरो बाट विच्चलित परिवारको संख्या १ हजार २ सय रहेका छन । साथै विज्ञप्तीमा ताला खोली काम सञ्चालन गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने समेत उल्लेख गरिएको छ । वडाध्यक्ष सिर्जना कुमारी बस्नेतलाई यस विषयमा सोध्न खोज्दा सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया