४२ बर्षको जागिरपछि कृषिमा रमाएका कमारा

No description available.

जाजरकोट । धेरै मानिसहरु जागिरे जीवन सकिए पछि सहरमा घर बनाई सुख सयलका साथ बस्ने गर्छन । कमाएको पैसाले छोराछोरी बढाउने देखि आफना विलासी आवश्यकता धान्दै आएका पनि हुन्छन । तर जिल्लाको जनीचाँदे गाउँपालिका ५ का कमारा चदाराको जीवन भने अलि फरक छ ।

४२ बर्षको जागिरे जीवन पछि उनी गाउँमै कृषि पेशामा रमाउन थालेका छन । बाँझो खेतबारीलाई सहि सदुपयोग गर्दै राकेश कृषि तथा पशुपालन फर्म सञ्चालन गरी विभिन्न तरकारीका साथै पशुपालन ,र नर्सरीका विरुवा उनको बारीमा देख्न सकिन्छ ।

No description available.

शिक्षक संगै उनी राजनितिक दलका कार्यकर्तामा पनि हुन । तत्कालिन नेकपा एमालेका जिल्ला कमिटी सदस्यका साथै गर्खाकोटका ईन्चार्ज भएर पनि काम गरेको उनी बताउँछन । जागीर र राजनितीक यात्रा पछि भने उनले अव देशको मुहार कृषिमा आर्थीक क्रान्तीका साथ लिने हो भने परिवर्तनमा पुर्याउन सकिने भएकोले कृषि पेशामा लागेको उनको भनाई छ ।

नेपाल कृषि प्रधान देश भएकोले यहिले जिल्लामा कृषि गर्र्नैको संख्यामा धेरै कमी छ त्यसैले हामी जागीरे जीवन अवकाश पाएपछि कृषिमा रमाउने हो भने पछि आउने पुस्ताले यस्तो काममा प्रेरणा जगाउने उनले बताए । ५ सय बोट सुन्तला किवी ,२ सय बोट टिमुर २ सय ५० बोट गरी बर्षका १० हजार विरुवा उत्पादन गर्ने उद्देश्यका नर्सरी व्यवस्थापन गरेको उनले बताए । पछिल्लो समय कृषिमा उनले गरेकाे प्रगति   देखेर  कृषि विकास कार्यालय जाजरकोटले उनलाई २० हजार नगद सहित उत्कृष्ठ कृषक पुरुस्कार प्रदान गरिएको छ ।

No description available.

जिल्लामा पछिल्लो समय कृषि क्षेत्रमा उल्लेखनिय प्रगति गरेको भन्दै पुरुस्कार प्रदान गरिएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । देश परिवर्तनका लागि उनी जस्तै कृषिमा नयाँ क्रान्ती ल्याउन आवश्यक छ ।

तस्वीर ः प्रविन विक 

तपाईको प्रतिक्रिया