
जाजरकोट । जिल्लाको कुशे गाउँपालिकामा नयाँ खेल समिती गठन गरिएको छ । लामो समय देखि रिक्त रहेको खेल समिती गठन गरिएको हो ।
खेलकुद समितीको अध्यक्षमा नरेन्द्रबहादुर रोकाय, उपाध्यक्षमा हिरा शाही, सचिवमा नवराज शाही, सुजेन्द्र आर.सी कोषाध्यक्ष, लक्ष्मी पुन सह सचिव सहितको टोली गठन गरिएको छ । समितीको समदस्यमा प्रदिप चलाउने, भक्त बहादुर सिंह ,पुष्प नेपाली, प्रेम केसी, निरञ्जन रोकाय र टेकबहादुर शाही गरी ११ सदस्यी नयाँ समिती निर्माण गरिएको अध्यक्ष नरेन्द्रबहादुर रोकायले जानकारी दिए ।
गाउँपालिकाको खेलकुद क्षेत्रमा नयाँ आयाम थपिने अध्यक्ष रोकायले प्रतिवद्धता व्यक्त गरे । उनले भने, कुशे गाउँपालिका भित्रका प्रत्येक वडामा वडास्तरीय फिल्ड निर्माण गरिने, खुल्ला प्रतिस्पर्धात्मक रुपमा खेलकुदको आयोजना सञ्चालन गरिने खेलकुदको विकासका लागि ज्यूँ र ज्यान लगाएर काम गरिने उनको भनाई छ ।

















































। २० श्रावण २०७७, मंगलवार