कालीबहादुर नेपाली
जाजरकोट । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण नेपाल सरकारले गत चैत्र ११ गते लकडाउन अर्थात बन्दाबन्दीको घोषणा ग¥यो । बन्दाबन्दीले विश्व समुदायको जनजीवनमा निकै प्रभाव पा¥यो । कोरोनाले नेपालमा त झनै असर पारिरहेको छ ।
कृषि, स्वास्थ्य, सञ्चार, उद्योग, व्यापारमा त प्रभाव पा¥यो नै पा¥यो ? तर शिक्षा क्षेत्र पनि अछुतो रहन सकेन । लकडाउन अर्थात बन्दाबन्दीको घोषणा गरे संगै जाजरकोटका सबै निजी र सरकारी विद्यालय बन्द भए । विद्यालय बन्द भएपछि कतिपय विद्यालयका बार्षिक परीक्षा समेत स्थगित भए । विद्यालयले सार्वजनिक सुचना जारी गरी अर्काे सुचना जारी नहुनजेल विद्यालय बन्द गरिएको सुचना पाटीमा टाँसे र विद्यालय बन्द भए ।
विद्यालय बन्द पछि नियमित विद्यालय जान नपाएपछि विद्यार्थीले घरायसी काममा आमावुवालाई सघाउनु बाहेक विकल्प नै रहेन । निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि निजी विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरे । त्यसले पनि जाजरकोटका विद्यार्थीलाई छुन सकेन ।
पाल्पाको एक कलेजमा अध्ययन गर्ने बारेकोटका गणेश विकले न त अनलाइन कक्षा लिन पाए न त अनलाइनमा समस्या समाधान गर्ने बाटो पाए । दुर्गम ठाउँमा इन्टरनेटले काम गर्दैन कसरी पढ्ने अनलाईन मार्फत उनले गुनासो पोखे । त्यसपछि विद्यार्थी लाभाम्वित नहुने देखेर नेपाल सरकारको मन्त्री परिषदको वैठकले निजी विद्यालयलाई शुल्क नलिन निर्देशन ग¥यो ।
मन्त्री परिषदको निर्णयलाई निजी विद्यालयले स्वीकार गरी अनलाइन कक्षा बन्द गरे । सरकारले शिक्षा क्षेत्रमा ठुलो क्षति पुगेको भन्दै शिक्षाको वैकल्पिक पाटोका रुपमा दुरशिक्षालाई रोज्यो यसले पनि जाजरकोटका विद्यालय र विद्यार्थीलाई छुन सकेन । वैकल्पिक शिक्षाका रुपमा दुरशिक्षालाई लिनु सुविधा सम्पन्न विद्यालय र ठाउँमा गर्नु उपयुक्त भएको वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयका प्रधानध्यापक गोरखबहादुर सिंहले बताए । जिल्लाको सदरमुकाममा समेत राम्रो संग इन्र्टनेटले काम गर्दैन कसरी हुन्छ ? दुर्गम ठाउँमा उनले भने ।
अनि कसरी हुन्छन विद्यार्थी लाभाम्वित ? शिक्षकका यस्तै प्रश्नले अहिले जाजरकोटको शिक्षा प्रणाली चलिरहेको छ ।
सदरमुकाम स्थित भेरी ज्ञानोदय क्याम्पसलाई मध्यपश्चिम विश्व विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । यहाँको इन्टरनेटले राम्रो काम नगर्दा सफल हुन नसकेको क्याम्पस प्रमुख चन्द्रबहादुर बुढाले गुनासो गरे । यस्तै समस्याले भरिएको जाजरकोटको शैक्षिक स्थिती धरासायीमा रहेको शिक्षा विज्ञको भनाई छ ।
खोलिएका विद्यालय बन्द
नेपाल सरकारले गत चैत्र ११ गते देखि लागु रहेको बन्दाबन्दी गत साउन ७ गते अन्त्यको घोषणा गरेको थियो । त्यसमा पनि सरकारी कार्यालय ,यायायात ,खुद्रा पसल, लगायतका अन्य खुल्ने भनेपनि शैक्षिक संस्था, होटल, रेष्टुडेण्ट, डान्सबार लगायतका मानिसको समुह जम्मा हुने ठाउँमा भने अर्काे सुचना जारी नहुनजेल सम्म नखोल्न अनुरोध गरिएको थियो ।सरकारी नियमलाई तोड्दै सदरमुकामका केही निजी विद्यालयले पठनपाठन सुरु गरेका थिए । तर पछिल्लो समय कोरोना भाइरसको जोखिम अर्थात संक्रमणको दर बढ्दै गएपछि यहाँका सबै निजी विद्यालयलाई पठनपाठन रोक्न निर्देशन गरिएको छ । भेरीनगरपालिकाको शिक्षा शाखाले सार्वजनिक सुचना जारी गरी अर्काे सुचना नहुन्जेल सम्म सबै विद्यालयको पठनपाठन रोक्न निर्देशन गरेको हो । यदि सुचनालाई अवज्ञा गरेको पाइएमा संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गरिने जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ ।
कति स्थानीय तहले गरे दुरशिक्षाको प्रयोग ?
सरकारले लागु गरेको दुरशिक्षाले जाजरकोटका विद्यालय र विद्यार्थीहरुलाई छुन नसकेको जानकारहरु बताउँछन । सुचना र सञ्चारको क्षेत्र कमजोर भएका कारण यहाँका विद्यार्थीलाई छुन नसकेको सम्बन्धित विषयका शिक्षकहरुको भनाई छ । जिल्लाको भेरीनगरपालिकाकाले स्थानीय रेडियोमा शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएपनि कति विद्यार्थी लाभाम्भित भए भन्ने एकिन विवरण नभएको शिक्षा शाखाले जनाएको छ ।दुर्गम गाउँमा जिल्लामा सञ्चालित भएका रेडियोहरुको पहँच नपुग्ने भएपछि यहाँका अन्य स्थानीय तहहरुले शिक्षा सम्बन्धी कुनै पनि कार्यक्रम उत्पादन र प्रसारण गरेनन । स्थानीय तहले कुनै किसिमको पहल नगर्दा विद्यार्थीहरुलाई के गर्ने भन्ने चिन्ताले सताएको छेडागाड नगरपालिका ८ का निमबहादुर नेपालीले बताए । सुचना र सञ्चार क्षेत्रमा पछाडि परेका विद्यार्थी शिक्षा क्षेत्र बाट समेत निकै पछि परेको जिल्ला शिक्षा समन्वयन ईकाईले जनाएको छ ।
शिक्षा क्षेत्रमा कुनै खालको कार्यक्रम लागु नहुँदा यहाँका सयौँ विद्यार्थी अर्कै काममा पलाएन भएको जानकारहरुको भनाई छ । कोरोना महामारीका कारण यहाँको शैक्षिक स्थिति निकै धरासायीमा रहेको शिक्षा क्षेत्रमा लागु समय कलम चलाएका विज्ञहरुको भनाई छ । दुरशिक्षाको प्रयोग नभएपछि यहाँका विद्यार्थी घरायसी काममा व्यस्त देखिन्छन । भेरीमालिका दैनिक
















































। १८ श्रावण २०७७, आईतवार