
हुमराज चलाउने,बारेकाेट ६ धुमा
लेकाली चरी गित गाउदै कुहिरोमा हराउदै ,
बिहान हुन्छ मिर्मिरे जब शुशेली कराउदै,
नियाल्छे लाखै फुलहरुलाई आफ्नै भाकामा,
रिग्दै घुम्दै पखेटा हान्दै देउराली पाखामा,
दिनमा डुल्छे बुक्यान पाटन फुल बारिमा,
गोधुली साझमा उडेर उताउछे निकालो झारिमा,
सुनसान रात मौनता साथ देखेर साथपनी,
चराउदै चल्ला बनपाखामा घामपानी नभनी,
चलेको हावा मच्चेको हुरि कुईड्याली बर्षात,
यसैमा पनि रमेकी हुन्छ काटेर दिनरात,
दुखका पल पन्छाई सुखको बिउ रोपना,
भुरर उडछे बिहान पख पहेला घाम छोपना,
दुखका पोका हिउँ का फोका बार्हैमास सहन्छे,
संघर्ष गरि जुनि काट्ने बानी भो भन्छे,
हजारौ फुल,लाखौ हुल करौडौ संगती,
कष्ट गरि कराउच क्यारे जिबनको गति ।।।
















































। १७ श्रावण २०७७, शनिबार