
जाजरकाेट । जाजरकोटमा उधम विकास सहजकर्ताहरुको संघ गठन भएको छ । प्रकाश चदाराको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिती निर्माण भएको हो । संघको अध्यक्षमा प्रकाश चदारा बरिस्ठ उपाध्यक्ष सरिता सिह,उपाध्यक्ष गंगा शाही,सचीव सुशील रोकाय सह-सचीव निशान गौतम र कोषाध्यक्षमा कमला बस्नेत यसै गरि सदस्यहरुमा जानुका गिरि,महेश आचार्य,टिकाराम बाठा,गणेश केसि,बिमला बुढा सर्बसम्मत चयन भएका छन् ।
देशमा उत्पादन भएका सहजकर्ताहरु एक जुट हुन नसक्दा आफ्ना हक,अधिकारहरुको निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण हुन नसकेकाले अब एकजुट भएर अधिकारका निमित्त आवाज प्रवाह गर्नुपर्ने उधम विकास सहजकर्ता महासङ कर्णाली प्रदेशका महासचिव रमेश अधिकारीले बताए । ईडिएफ पढाउन सम्बन्धन दिए पनि उत्पादित जनशक्तिको ब्यबस्थापनमा सरकार सकारात्मक नभएको महासङका सदश्य रेशम खड्काले बताए ।
महासङ मार्फत आफ्ना मागहरु सम्बन्धीत निकायमा राख्ने र यदि माग पूरा नभएमा विभिन्न आन्दोलनका कार्यक्रम समेत तय गरिने उनले जानकारी दिए । यस्तै नवगठित संघका अध्यक्ष प्रकाश चदाराले सबै साथिहरु मिलेर गए आफ्ना मागहरु कार्यनयन हुने विश्वास ब्यक्त गरे । उनले भने अहिले सबै साथिहरुको माग लोकसेवा आयोग मार्फत पदपूर्ति गर्नुपर्ने भएकोले आफुले त्यही विषयलाई बोल्ने प्रतिबद्धता समेत जायर गरे ।
















































। १६ श्रावण २०७७, शुक्रबार