
रमेश अधिकारी
प्राकृतिक श्रोत साधनले भरिपुर्ण देश बर्सेनि बैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्स,र आयातित वैदेशिक वस्तुहरुको उपभोगमा निर्भर छ । आधुनिक कृषि प्रणालीको सुरुवात नहुनु,स्वदेशमै रोजगारीका उपयुक्त गन्तब्यहरुको खोजी नहुनु,उधोग,कलकारखाना र उधमशिलताको सोच विकास नहुनु,जस्ता समस्या देशमा मुल रुपमा रहेका छन् ।
देशमा गरिबी,बेरोजगारी,अन्धबिश्वास,पछौटेपन, एकातिर ब्याप्त छ भने अर्को तिर प्राकृतिक बिपत्ति र मानवीय गतिविधि बाट निम्तिने गरेका विभिन्न प्रकोपहरुबाट देशमा आर्थिक सङ्कट पैदा भैसकेको छ । देशमा गतिलो राजनीतिक सस्कार नहुदा सामाजिक बिकृतिहरुले उग्र स्थान पाएका छन ।
रजनैतिक दल देखि प्रशासनिक,प्राबिधिक क्षेत्रका कर्मचारीहरु पनि भ्रष्टाचार,नाताबाद, कमिसन जस्ता मतिभ्रष्ट खेलमा आफ्नो हैसियत गुमाउन ब्यतित छन् ।
कुल जनसंख्याको आधा भन्दा बढी हिसा ओघटेका महिला अहिले पनि सामाजिक एब पारिवारिक शोषणको सिकार भईरहेका छन् । कम पढाईलेखाई,अवसर बाट बन्चितिकरण,सामाजिक परम्परा जस्ता समस्याहरुबाट उनिहरुको प्रत्यक्ष सहभागिता हरेक कार्यहरुमा हुन सकेको छैन । महिला उधमी सृजना गरि ब्यबसाय,उधोग का क्षेत्रमा उनिहरुको प्रतिनिधित्व गराई निर्यात प्रबर्द्धन गर्न तर्फ लाग्न आवश्यक छ ।
गरिबी निवारण र प्रत्यक रोजगार सृजना बिना मात्र पुर्बधारहरुको निर्माणले देश विकासको पुर्णता पाउदैन । त्यसका लागि प्रत्यक ब्यक्तिलाई रोजगारिका क्षेत्रमा सङ्लग्न गराउन आवश्यक छ । जुन काम उधम्शिलता मार्फत रोजगारिको अवसर खोज्नु हुन सक्छ । उता औधोगिक क्षेत्रमा सरकारले गर्ने लगानीको क्षेत्र पनि साघुरो छ । बर्सेनि सरकार बाट आउने बजेटमा औधोगिक क्षेत्र अति न्युन नै हुने गरेको छ । उधमशिलताको क्षेत्रमा काम गर्ने सक्षम जनशक्तिको परिचालन गर्न सरकार आलटाल गरिरहेको छ ।
कार्यबिधिको निर्माण गरि प्रबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद बाट अनुमती पाप्त उधम विकास सहजकर्ताहरुलाई उधोगका क्षेत्रमा परामर्श देखि व्यावसायिक तालिमहरुको क्षेत्रमा योगदान गर्ने जनशक्तिको रुपमा पदपूर्ति गर्नु पर्ने आवश्यकता छ। कृषिलाई आधुनिकिकरण गरि ब्यबसायिक बनाउने पद्धतिलाई स्थापित गरि देशमा उत्पादित श्रोतसाधनको अधिकतम प्रयोग गर्न सक्षम उधम विकास सहजकर्ताको परिचालन आजको आवश्यकता हो ।
रमेश अधिकारी ः उद्यम विकास सहजकर्ता कर्णाृली प्रदेशको महासचिव हुनुहुन्छ ।
















































। १६ श्रावण २०७७, शुक्रबार