जाजरकोट । सुशासनलाई पार्दशितामा देखाउन योजना तर्जुमा तथा नागिरक सहभागिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार सहकर्मी समाजको आयोजनामा भेरीनगरपालिकाका १३ वडाका स्थानीय तथा जनप्रतिनिधीहरु विच योजना तर्जुमा गर्दा नागरिक सहभागिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागीहरुले वडा स्तरमा योजना तर्जुमा गर्दा सुचना तथा प्रचारप्रसारको अभाव रहेको, आफ्ना आफन्त र पार्टीका कार्यकर्ता मात्र सहभागी गराउने, नितीगत विरोध गर्ने, लगायतका स्थानीयले गुनासो पोखेका थिए । जनप्र्रतिनिधीले भने लकडाउनको समयले गर्दा अधिकांश नागरिकलाई खबर गर्न नपाएको, वडा स्तरका योजना तर्जुमा गर्दा वडा सदस्यहरुलाई जानकारी गराएको तर कोरोना भाइरस कोभिड १९ ले निकै समस्या पारेको दावी गरे ।

आगामी दिनमा वडा स्तरीय योजना तथा तर्जुमा गर्दा नागरिकको अनिवार्य सहभागिता गराउने जनप्रतिनिधीले प्रतिवद्दता गरे । संविधान तथा विभिन्न कानुनले योजना छनोट गर्दा नागरिक सहभागिता अनिवार्य गरेको छ । कार्यक्रममा नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाह, भेरीनगरपालिकाका उप प्रमुख भावना भण्डारी, प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धर्ति, १३ वडा कै वडाध्यक्ष, विभिन्न संघ संस्थाका प्रतिनिधी ,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
















































। १२ श्रावण २०७७, सोमबार