चार बर्षमा ३८ जनाको मृत्यु, ५० जना घाइते, करोडौँको क्षति

८ सय ३३ विपदका घटना

कालीबहादुर नेपाली
जाजरकोट,   । पछिल्लो चार बर्ष यता जाजरकोटमा ८ सय ३३ विपदका घटेका छन । जिल्ला प्रहरी कार्यालय जाजरकोटको तथ्यांक अनुसार आ.व. २०७३÷०७४ देखि हाल सम्म ८ सय ३३ विपदका घटना भएको उल्लेख गरिएको छ । विपदका विभिन्न घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् भने, ५० जना घाइते भएका छन । आर्थीक बर्ष २०७३÷०७४ मा आगलागीका ४३ घटना मध्ये, २ जनाको मृत्यु र ७ जना घाइते भएका थिए । जसअन्तर्गत ३७ घर,७ गोठ र अन्य ३ क्षेत्रमा क्षति पुगेको थियो । बाढी पहिरोको ८ घटनामध्ये २ जनाको मृत्यु र ५ जना घाइते भएका थिए ।

१० पशु चौपायमा क्षति पुगेको थियो । २ पशु चौपाय घाइते भएका थिए भने १ घर र १ वटा गोठमा क्षति पुगेको थियो । अविरल बर्षका ३८ घटनामध्ये २९ घर, ९ वटा गोठ र अन्य ९ मा क्षति भएको थियो । चट्यांगका ७ घटनामध्ये, १ जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । २५ पशुको मृत्यु भएको थियो घाइते ६ भएका थिए । ५ वटा घर प्रभावित भएका थिए ।

हावाहुरीको १७ घटना भएका थिए । हावाहुरीले ६ घरमा क्षति पुर्याएको थियो । आर्थीक बर्ष २०७३÷०७४ मा विपदका ११३ घटना घटेका थिए । जसअन्तर्गत मृत्यु भएका ५ ,घाइते २३ भएका थिए भने पशु चौपाय ३५ मरेका थिए । घाइते ९ भएका थिए । ७८ वटा घरमा क्षति पुगेको थियो ।

यस्तै आर्थीक बर्ष २०७४÷०७५ मा विपद बाट २ सय ९ घटेका थिए जसअन्तर्गत ३ जनाले ज्यान गुमाएका थिए भने घाइते १६ जना भएका थिए । १ सय १४ घर प्रभावित भएका थिए भने २९ वटा गोठमा समेत क्षति पुगेको थियो । अन्य ७१ वटा विपदका घटना भएका थिए ।

पशु चौपायहरु १ सय ६४ वटा मरेका थिए । आर्थीक बर्ष २०७५÷०७६ मा २ सय १७ वटा विपदका घटना घटेका थिए । १४ जनाले ज्यान गुमाएका थिए भने ६ जना घाइते भएका थिए । १ सय ५७ घरमा क्षति पुगेको थियो भने, ३१ वटा गोठ धोस्त भएका थिए । अन्य २९ वटा विपद खेप्नु परेको थियो ।

१ सय ७९ वटा पशुको मृत्यु भएको थियो भने ४२ वटा घाइते भएका थिए । आर्थीक बर्ष २०७६÷०७७ मा २ सय ९४ विपदका घटना घटेका थिए । जसअन्तर्गत मृत्यु भएका १६ जनाले ज्यान गुमाएका छन् भने ५ जना घाइते भएका थिए । १ सय १८ वटा घरमा क्षति पुगेको छ । ३१ वटा गोठमा समेत क्षति पुगेको छ । अन्य १ सय ५८ वटा विपदका घटना घटेका छन ।

पशुचौपाय अन्तर्गत ९० वटाको मृत्यु भएको छ भने घाइते २२ वटा घाइते भएका छन । जिल्ला प्रहरी कार्यालयको तथ्यांकले प्रत्येक वर्ष मानवीय क्षति भएको देखाउँछ । यसरी प्रत्येक वर्ष हामीले हाम्रा आफन्त गुमाईरहेका छौँ । किन सचेत बनेका छैनौँ हामाी ? विपत्ती वाजा बजाएर आउँदैन ।

त्यसैले आफु नै सर्तक हुने हो भने विपद बाट बच्न सकिने प्रहरी निरीक्षक यमबहादुर मल्लले जानकारी दिए । # भेरीमालिका दैनिक #

तपाईको प्रतिक्रिया