सडक निर्माणको पुरानै प्रवृति, हिउँदमा धुलो बर्खामा हिलो

कालीबहादुर नेपाली  जाजरकोट  । जिल्लाको सदरमुकाम खलंगा देखि रिम्ना सडक खण्डमा यात्रुको साहारामा सवारी साधन चल्दै आएका छन् । गाडीलाई सबै यात्रुले धकेल्दै लानुपर्ने गाडी व्यवसाय संघ बताउँछन् ।
ग्रामीण क्षेत्रका सडकहरु स्तरउन्नती नहुँदा वर्षायाममा हिलो र हिउँद याममा धुलोले समस्या हुदै आएको छ । खलंगा— रिम्ना, चिसापानि — तल्लु , खलंगा — पाँचकाटिया, कुदु — कार्कीगाउँ , मोर्क — थलह लगायतका ग्रामीण सडकको स्तरउन्नती नहुँदा यस्तो समस्या देखिएको हो ।
खलंगा रिम्ना १६ किलोमिटर सडक निर्माण भएपनि स्तरउन्नती नहुँदा वषौदेखि यहाँका स्थानीयहरु दैनिक सास्ती भोग्दै आएका छन् ।

कुदुदेखि कार्कीगाउँ सम्मको सडक ट्रयाक खुलेदेखि स्तरउन्नतीको काम नहुँदा यात्रुहरुले दुख पाउँदै आएका छन् । सडकको मर्मतसुधार तथा स्तरोन्नोतिमा सडक विभाग लगायत निकाय बेखबर छन् ।

सडक नियमित नहुँदा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कठिनाइ छ । सडक स्तरोन्नोति नहुँदा वर्षातमा हिलो तथा खाल्डाखुल्डी र हिउँदमा धूलोका कारण यातायातका साधन नियमित पनि हुँदैनन् । जिप, ट्याक्टर लगायत साधन धूलो तथा हिलोमा फस्ने गर्दा नियमित यातायात सञ्चालनमा आउन नसकेको भेरी नगरपालिका १ का कुमार रानाले बताए । कांग्रेस, नेकपा लगायत अन्य राजनीतिक दलले सडक स्तरोन्नोतिको पहल गरिदिन पटकपटक सरोकारवालाहरु संग माग गरेका गरिरहेका छन् ।

राष्ट्रिय गौरवको लोकमार्गको सडक खण्ड निर्माण लामो समयदेखि अलपत्र पर्दा समेत सरोकारवाला निकाय जिम्मेवार नभएको सरोकारवाला बताउँछन् ।
पटक–पटक ताकेता गर्दा पनि मध्यपहाडी लोकमार्ग पश्चिम खण्ड आयोजना दाङले बेवास्ता गरेकाले सडक अलपत्र परेको उनको आरोप छ ।

जिल्लाका विभिन्न ठाउँमा स्तरउन्नती काम समेत छिटै गरिने पटकपटक भने पनि , अहिले स्तरउन्नती नभएका सडकमा हिउँद याममा धुलोका कारण यात्रामा असहज र सडकका छेउ छाउँका घरमा धुलोले वस्न नसक्ने अवस्था रहेको छ । वर्षायाममा यातायातका साधनहरु सञ्चालन गर्न मुस्लिक हुने गरेको छ ।

गाडी बाट निस्किँदा धुलोको आहारा

जिल्लाका विभिन्न ग्रामीण सडकहरुको स्तरउन्नती नहुँदा आजभोली गाडीमा यात्रा गर्दा धुलोको आहारा बाहेक अरु हुन नसकिने यात्रुहरु बताउँछन् । पटकपटक सडकको विकासका लागि पहल गरेका छौँ भने पनि अहिले सम्म कुनै कदम नहुँदा यस्तो आहारा हुन पुगेको कुशेगाउँपालिकाका मोतीराम नेपालीले बताए ।

जिल्लाका सडक हिलो र धुलोले गर्दा जाजरकोटी जनतालाई रुघाखोकीले समेत सताउने गरेको स्थानीयको भनाई छ । जिल्लाका सात वटा स्थानीय तहका सडकको यस्तो अवस्था कहिले सुधार होला भनी जनतालाई चिन्ताले सताउने गरेको जिल्लाका सरोकारवालाहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया