
कालीबहादुर नेपाली
जाजरकोट । नेपालको संविधान २०७२ ले विभेद अन्त्यको घोषणा गरेको छ । संविधानको भाग ३ ,धारा २४ को उपधारा १ मा कुनै पनि व्यक्तिलाई निजको उत्पति,जात,जाती,समुदाय,पेशा ,व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी वा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन भनी लेखिएको छ । संविधानमा लेखिएको कुरा कागजमा मात्र सीमित भएको दलित अधिकारकर्मीले बताएका छन ।
बुधबार खलंगामा आयोजित एक कार्यक्रममा सहभागीहरुले संविधानले छुवाछुत तथा भेदभाव गरिने छैन भनी लेखिएपनि छुवाछुतका विभिन्न रुप जिल्लामा यथावत रहेको बताएका हुन । जिल्लाको छेडागाड नगरपालिका ८ भोगीका प्रकाश चदाराले भने, “हामीलाई प्रसादको कुरै छोड्नुहोस, पधेँरोमा पानी देखि दही, दुध समेत दिइदैन ।र्” हामीले उनीहरुको घर निर्माण गछौँ घर निर्माण गरेको भोलीपल्ट त्यस घरमा प्रवेश गर्न पाउँदैनौ ।
कता लेखेको छ संविधानमा उनले थपे । भेरीनगरपालिका १ कोल्चौरका प्रेम विकले भने, “विभेद अन्त्यका लागि मेरो वुवा सहिद हुनुभयो । जव वुवाको काधँमा राइफल थियो । त्यो समयमा वुवालाई विभेद गरिएको थिएन । जव वुवा सहिद बन्नुभयो । आमा देखि हामीलाई सम्म विभेदले छोडेन ।” जिल्लाको कुशे गाउँपालिकाका मोतीराम विकले भनेर्, संविधानमा लेखिएको मात्रै छ । तर विभेद गाउँमा जस्ताको त्यस्तै छ । संविधान भनेको देशको मुल कानुन हो । संविधानमा लेखिए पनि किन कार्यन्वयन भएन । दलित माथी गरिने विभेदको अन्त्य भएन संविधान नमान्नेलाई के गर्ने सरकार भन्दै प्रश्न गरे ।’ यिनीहरु त केही उदाहरण पात्र मात्र हुन । जिल्लाका अधिकांश ठाउँमा दलित माथी अझै विभेद गरिन्छ ।
दलित समुदायले सरकारी काम देखि व्यक्तिगत काममा समेत विभेद भोग्नु परेको छ । आफुलाई ठुला भन्ने गैरदलितले दलित समुदायलाई काममा मात्रै लगाउने, श्रमको शोषण गर्ने, मन्दिर प्रवेशमा रोक लगाउने, सरकारी सेवा बाट बञ्चित गर्ने, दासको रुपमा राख्ने गरेको साझा आवाज परियोजना जाजरकोटका कार्यक्रम संयोजक धनमल विकले बताए ।
उनले भनेर्, हामी माथी यस्तो विभेद अझै कायम छ । यसले हामीलाई न सुखका साथ बाँच्न दिन्छ नत्र सुखका साथ मर्न नै दिन्छ ।’ यस्तो विभेदको प्रकास्ट अन्त्यका लागि दलित समुदाय जुट्न आवश्यक रहेको उनको भनाई छ । कार्यक्रममा बोल्दै भेरीनगरपालिकाका प्रवक्ता एवम दलित अधिकारकर्मी पार्वती विकले भनिन्र्, २०५२÷०५३ देखि २०६२÷०६३ सालको जनयुद्धले दलितलाई थोरै समेटेको छ । तर पनि अहिले दलित माथी हुने गरेका विभिन्न घटना सार्वजनिक भईरहेका छन ।’र्, त्यसले गर्दा अहिले पनि दलित माथीको विभेद कायमै छ भन्ने बुझिन्छ । सार्वजनिक स्थल देखि व्यक्तिगत घर सम्म विभेदले छोडेको छैन ।
विभेद रहित समाज निर्माण गर्न दलित यूवाको महत्वपुर्ण भुमीका रहन्छ ।’ दलित अधिकारको सदुपयोग गर्न दलित आफैँ सचेत हुनपर्नेमा उनले जोड गरिन् । संविधान कार्यन्वयनका लागि पनि दलित समुदाय सशक्तीकरणमा आउनुपर्ने उनले बताइन ।
अन्तरजातीय सम्बन्ध भएका कोही मारिए, धेरै विस्थापित
अन्तरजातीय प्रेम सम्बन्धलाई विहेमा परिणत गर्न भनेर गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोती पुगेका जाजरकोट खलंगाका नवराज विक गाँउलेको कुटाइबाट मारिए । उनी मात्र होइन उनलाई साथ दिन गएका अरु पाँच जना युवाहरु पनि सँगै मारिए । नवराज सहित ६ जनाको ज्यान जाने गरी रुकुमको सोतीमा भएको घटना जातिय विभेदकै कारण घटेको अधिकारकर्मीको निश्कर्ष छ ।
नवराजको मल्ल थरकी एक किशोरी सँग दुई बर्ष देखि प्रेम सम्बन्ध रहेको र उक्त सम्बन्धलाई केटी पक्षले अस्वीकार गरेका कारण दुवै परिवार विच सम्बन्ध राम्रो थिएन । तल्लो जातको केटा सँगको छोरीको प्रेम सम्बन्ध मल्ल परिवारले सदाको छुटाउन चाहन्थ्यो तर प्रेमी प्रेमिकाले त्यो सम्बन्धलाई विहेमा परिणत गरेर अझ मजबुद बनाउन चाहन्थे । केटा तल्लो जातको र गरीब भएकै कारण केटीका आमाबाबुले त्यो प्रेमलाई स्वीकार गर्न नसक्दा ६ जनाको सामुहिक नरसंहार भएको दलित अधिकारकर्मीको भनाई छ ।
अन्र्तजातिय विवाह गरेका जाजरकोट जुनीचाँदे गाँउपालिका ५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाँउकी ज्योती शाह पाँच बर्ष देखि जिल्ला सदरमुकाम खलंगामा विस्थापित जीवन विताईरहेका छन् । उनीहरुले प्रेम त सफल पारे तर विहे गरेपछि पनि उनीहरु आफ्नो घरमा जान पाएका छैनन् । सदरमुकाम स्थित भाडाको कोठामा उनीहरुले गुजरा चलाईरहेका छन् । कथित माथिल्लो जातका भनिने माईती पक्षका शाह ठकुरीको धम्कीका कारण उनीहरु विस्थापित जीवन विताउन बाध्य भएका हुन् ।
भेरी नगरपालिका २ पोखराका पदम बुढा र जानुका विक विच अन्र्तजातिय विहे भयो । तर उक्त सम्बन्ध परिवार र समाजको दवावले टिक्न सकेन । अन्र्तजातिय विहे गरेर भारत भागेका उनीहरु तीन सन्तान सहित १३ बर्ष पछि घर फर्किए ।
त्यतिवेला सम्म सम्बन्ध राम्रै थियो तर घर पुग्दा पदमको परिवारले जानुकालाई दलित भएकै कारण स्वीकार गरेन । पदमको घरपरिवारले सजातिय (कथित माथिल्लो जात) विहे गराईदिएपछि जानुका सँग सम्बन्ध विच्छेद गरिदिए । उनी तीन छोराछोरी सहित एकल जीवन विताउन बाध्य छन् । केटाकेटीको लालनपालन गर्न उनलाई निकै समस्या परिरहेको छ । यी केही प्रतिनिधी घटना हुन् । दलित भएकै कारण अन्र्तजातिय प्रेम सम्बन्ध राख्दा कोही मारिनु पर्ने, कोही विस्थापित हुनु पर्ने र कोही सम्बन्ध विच्छेद गर्न बाध्य हुनु पर्ने अवस्था अझै कायमै छ ।
विभेद चिर्न समुह गठन
जिल्लामा रहेको विभेदलाई चिर्न समुह गठन गरिएको छ । जिल्लाका सात वटै स्थानीय तहका दलित समुदायको उपस्थितीमा समुह गठन गरिएको हो । जिल्लाका विभिन्न ठाउँमा भएका विभेद विरुद्ध लड्न अधिकारका लागि दलित यूवा नामको संस्था दर्ताका लागि समुह गठन गरिएको छ । संस्थाको अध्यक्षमा भेरीनगरपालिका १२ का विशाल चनारा, उपाध्यक्षमा जुनीचाँदे गाउँपालिकाका गणेश चदारा र नलगाड नगरपालिकाका रिमा विक, कोषध्यक्षमा बारेकोट गाउँपालिकाका कालीबहादुर नेपाली ,सचिवमा छेडागाड नगरपालिकाका प्रकाश चदारा, स सचिवमा कुशेका मोतीराम विक र भेरीनगरपालिकाका सुरेश विकको समुह गठन गरिएको छ । संस्थाको १७ सदस्यी समिती रहेको छ । विभेद विरुद्ध संस्थाले काम गर्ने अध्यक्ष विशाल चदाराले जानकारी दिए । भेरीमालिका दैनिक
















































। ८ श्रावण २०७७, बिहीबार