उपचार  गर्दा गर्दै   सुत्केरीकाे मृत्यु

बारेकाेट  । बारेकोट गाउँपालिका ७, सुवाकोटकी २१ बर्षिया मनकुमारी परियारको स्वास्थ्य चौकी सेपुखोलामा सुत्केरी भएको ५ घण्टा पछि मृत्यु भएको छ ।

स्वास्थ्य चौकी सेपुखोलाकी अनमी मीरा शाहीले सामान्य अबस्थामा सुत्केरी भएको र सुत्केरी भएको केही समय पछि पेट दुखेर एकाएक रक्तचाप बढेको र उपचार गर्दागर्दै मृत्यु भएको बताइन् । बच्चाको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।

गुणस्तर स्वास्थ्य सेवा दक्ष जनशक्ति र आधुनिक उपकरणको अभावमा ग्रामिण क्षेत्रका गर्भवतीले हरेक महिना ज्यान गुमाइरहेका छन । बारकोटको सेपुखोला स्वास्थ्य चौकीमा २०७५ देखि अहिलेसम्म ९ सय ९२ जना सुत्केरी आमाहरुले सेवा लिएका छन ।

तपाईको प्रतिक्रिया