शिवालय विशेष – एक किलो सलहको मुल्य एक सय

No photo description available.

कालीबहादुर नेपाली , जाजरकोट  । जिल्लाको शिवालय गाउँपालिकाले एक किलो सलहको मुल्य एक सय निर्धारण गरेको छ । गाउँपालिकाका विभिन्न क्षेत्रमा सलहको प्रकोप बढ्न थालेपछि सलह छोपेर ल्याउने किसानलाई एक सय रुपैयाँ दिने निर्णय गरेको हो । गाउँपालिकाका कृषि शाखा प्रमुख विश्वमित्र शर्माले दिएको जानकारी अनुसारर्, सलहले वर्षे बालीमा व्यापक क्षती बनाउन थालेपछि गाउँपालिकाले सलह छोपेर ल्याउनेलाई रकम दिने निर्णय गरेको छ ।’

१ केजी सलहको मुल्य एक सय दिने भन्दै गाउँपालिकाले सवै कृषकहरुलाई सलह मार्न आग्रह गरेको छ । गाउँपालिका भित्र सलहले किसानको बालीको क्षति गरेको छ । क्षति कति भयो भनेर एकिन विवरण नभएको शाखा प्रमुख शर्माले बताए । विपतबाट जोगिन अक्षयकोष स्थापना गरेको गाउँपालिकाकाले कृषिमा नयाँ आयाम थपेको स्थानीय तिलक विकले बताए । सलह नियन्त्रणका लागि पालिकाकाले किसाहरुमा जनचेतना फैलाउने, धुवाँँ बनाउने,थाली,दमाहा बजाउने, लगायतका काम गरेको गाउँपालकाकाले जनाएको छ ।

सलहको सबै स्थानीय तहमा प्रवेश
जिल्लाका सात वटै स्थानीय तहमा सलह किरा प्रवेश गरेको छ । जिल्ला कृषि विकास कार्यालय जाजरकोटले गरेको सर्वेक्षण अनुसार सात वटै स्थानीय तहमा सलह किरा प्रवेश गरेको हो । जिल्लाको कुशे गाउँपालिकाको सबै वडामा सलह किरा देखिएको कृषि शाखा प्रमुख धिरेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार, गाउँपालिकाको सबै वडामा सलह प्रवेश गरेपनि सलहको स —साना झुन्ड भएकोले खासै क्षति गरेको छैन ।

बारेकोट गाउँपालिका भित्रका ९ वटै वडामा सलह प्रवेश गरेको जानकारी दिँदै कृषि शाखा प्रमुख ऐनबहादुर कार्कीले गाउँपालिका भित्रका सबै वडामा सलह प्रवेश गरिसकेको छ । कार्यालयले सार्वजनिक सुचना जारी गरेर किसानलाई सर्तक हुन पनि सार्वजनिक सुचनामा उल्लेख गरेको बताए । किराले किसानको वालीमा धेरै क्षति नगरेको जानकारी दिए । नलगाड नगरपालिका कृषि शाखा प्रमुख बालकृष्ण शर्माले दिएको जानकारी अनुसार, वडा न. ६,३,४, र ७ मा सलह देखिएको जानकारी दिए । स्थानीय प्रविन विकले दिएको जानकारी अनुसार, स्थानीयले सलह भगाउन, ड्रम,झ्याली,थाली,म्युजिक र बाँसुरी बजाएर किसाले सलह भगाउने प्रयास गरेका छन् ।

शिवालय गाउँपालिकाको कृषि शाखा प्रमुख विश्वामित्र शर्माका अनुसार, गाउँपालिकाका विभिन्न ठाउँमा सलह प्रवेश गरेको उनले बताए । थोरै समुह भएकोले खासै कृषिमा क्षति नगरेको समेत जानकारी दिए । छेडागाड नगरपालिकाको कृषि शाखाले दिएको जानकारी अनुसार नगरपालिकाका सबै वडामा सलह फैलिएको छ ।

क्षति खासै नभएको बताए । जिल्लाको जुनीचाँदे गाउँपालिकामा समेत सलहको प्रवेश भएको कृषि शाखा प्रमुख भीम केसीले जानकारी दिए । उनका अनुसार, गाउँपालिका भित्र फाटफुट रुपमा प्रवेश गरेको भएपनि क्षति कमै भएको जानकारी दिए । भेरीनगरपालिका कृषि शाखा प्रमुख, गोमा थापाले दिएको जानकारी अनुसार नगरपालिका भित्रका सबै ठाउँमा सलह प्रवेश गरेको तर क्षति खासै नगरेको जानकारी दिइन ।

सलहको झुन्ड कमै प्रवेश गरेको र मौसम प्रतिकुल नभएकोले जिल्लामा सलहको फाटफुट झुन्ड आएकोले क्षति कमै गरेका कृषि विकास कार्यालय जाजरकोटका कार्यालय प्रमुख गणेश अधिकारीले जानकारी दिए ।

कहाँ बाट आयो सलह ?
सलह किराको आकस्मिक सुरूआत १२ नोभेम्बर, २००७ मा सुडानको उत्तरी भागमा पहिलो पटक देखिएको थियो र आजभोली फेरि १३ वर्षपछि कोरोनाले आर्थिक गतिविधि अस्तव्यस्त पारिरहेको समयमा सलह नामक फट्याङ्ग्राले बालीनाली नै नाश गरी खाध्य संकटतर्फ मोडिने खतरा बढेको देखिन्छ । पहिले सुडानबाट आफ्नो आतंक सुरु गरेको यो किराले अहिले अफ्रिकी मुलुकहरुमा तहल्का मच्चाइरहेको अवस्था छ ।

अफ्रिकाबाट करोडौको बथान बनाएर उड्न थालेका यी किराले पाकिस्तान हुँदै अप्रिल १३ मा राजस्थान, पन्जाब र उत्तर प्रदेशमा पुगी आफ्नो प्रभुत्व जमाउन सुरु गरिसकेको छ । सलह किरा २०१८ सालमा साउदी अरब नजिकैको अरेबियन प्रायद्विप पेनिनसुला मा दुई ठूला आँधी साइक्लोनले भारी वर्षा गराएपछि प्रजनन् गराएको पाइन्छ, जहाँ ९ महिनामा ३ पुस्ताको प्रजनन् गरेर यिनीहरूले आफ्नो सङ्ख्या ८०० गुणाले बढाएका थिए ।

नजिकैको यमन र ओमानले त्यतिबेला खाद्य सङ्कटमा जुधिरहेकाले उनीहरूले यस किरालाई प्रोटिनको रुपमा प्रयोग गरे र यो किरा लाल सागर र गल्फ अफ इडेनलाई पार गरि अफ्रिका पुगेको मानिन्छ । २०१९ मा अफ्रिकाको सोमालियामा साइक्लोनका कारण भारी वर्षा भएको थियो जसका कारण त्यहाँको माटो ओसिलो र वातावरण हरियाली भयो । यसले गर्दा यो किराको प्रजनन् क्षमता र दर बढायो र यो केन्यासम्म सन् २०२० को पहिलो महिनामा पुग्यो । त्यहाँको वर्षा र चिसो माटोले यसको जनसङ्ख्या बढाउन अझै मद्दत गरेको पाइन्छ ।

यो निकै नै पुरानो प्रवासी (माइग्रेटरी) शत्रुजीव हो । अन्टार्कटिका बाहेक सबैजसो महादेशमा यो विपत्ति फैलिएको पाइएको छ । सलह किराहरु धेरै प्रजातीहरुका छन् । तर यो सलहले झुण्ड प्रकारको व्यवहार भने देखाउँदैन।

सबैभन्दा हानिकारक सलह भनेर मरुभूमिको सलह (किस्टोसेर्का ग्रेगारिया) लाई चिनिन्छ । जुन अहिले पनि धेरै ठाउँहरूमा फैलिएर विनाश फैलाईरहेको छ । औसतमा एउटा बथानले २५ हजारभन्दा बढी मानिसलाई खान पुग्ने खाना एक दिनमा खान सक्दछन् र जुनको महिनामा यो बढेर १ करोड ७५ लाख सम्म पुग्ने अनुमान छ ।

सलह किराको सङ्ख्या सुरुमा कम हुने गर्दछ। तर लगातार वर्षाको कारण उक्त ठाउँ चिस्सिएर (अण्डाबाट निस्किन उपक्युत वातावरण) सलह किराको प्रजनन् दर बढेको पाइन्छ । हाल नेपालका पनि विभिन्न ठाउँमा फैलिसकेको छ ।

सलह बाट कसरी बच्ने ?
यसले आफ्नो ९० दिनको जीवन चक्रको अन्तरालमा तीन पटकमा ६० देखि ८० वटासम्म अन्डा पार्छ । यसको बारेमा संघीय, प्रदेश र स्थानीयलाई सचेत गराउनको साथै किटनाशक औषधि जुटाउने र टिभि रेडियो अनि विभिन्न प्रचार माध्यमबाट जनचेतना दिनु जरुरी छ । बारीमा बसेको सलह भगाउन झ्याली,थाली, म्युनिक समेत बजाएर भगाउन सकिने कृषि विकास कार्यालय जाजरकोटका प्रमुख गणेश अधिकारी जानकारी दिए । #भेरीमालिका दैनिक# 

तपाईको प्रतिक्रिया