
जाजरकोट । जिल्लाको भेरीनगरपालिका १ रावत गाउँमा विपदलाई रोक्न वृक्षारोपण गरिएको छ । ढाँका साइना शान्ति यूवा क्लव, सहिद स्मृति युवा क्लव र नेपाल यूवा परिषदको आयोजनामा रावतगाउँको एक सामुदायिक वनमा वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रममा बोल्दै नेपाल यूवा परिषद जाजरकोट शाखाका अध्यक्ष प्रविन विकले , हरियो वन नेपालको धन भएकोले वनजंगलको रक्षा गर्ने र वृक्षारोपण गुर्न आजको आवश्यकता भएको बताए । उनले भने, “हाम्रो सम्बन्ध प्रकृति संग जोडिएको छ ।
प्रकृतिलाई जोगाउन सकिएन भने हामी रहदैनौँ ।” त्यसैले प्रकृतिको रक्षा गर्नु आजको आवश्यकता छ । सहिद स्मृति यूवा क्लवका अध्यक्ष प्रेम विश्वकर्माले यूवा देश निमार्णको संवाहक भएकोले देश परिवर्तन गर्न यूवालाई स्थान दिनुपर्ने बताए । उनले भने, रावतगाउँको जंगल विनाश भएकोले यहाँ यूवा शक्तिको ध्यान जान आवश्यक रहेको बताए । यस्तै यार्सन जाजरकोटमा कार्यरक्त धर्मराज परियारले खुल्ला चरिचरण बन्द गर्नुपर्ने बताएका छन् । वृक्षारोपण कार्यक्रममा स्थानीय, पत्रकार, जनप्रतिनिधी, लगायतको उपस्थिती रहेको थियो ।

















































। २७ असार २०७७, शनिबार