
मनिशा गौतम
असार २६,रुकुम पश्चिममा जुवातास खेल्ने १० जनालाई प्रहरीले पक्राउ गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ सल्ले स्थित केशव सुनारको घरकोठाबाट हिजो बिहिबार पक्राउ गरिएको हो । सुनारको घरको कोठामा जुवातास खेलिरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले ४ थान बुक तास सहित ४६,१४० (छ्यालिस हजार एक सय चालिस) रुपैयाँ बरामत गर्नुका साथै १० जनालाई पक्राउ गरिएको प्रहरी प्रमुख डिएसपी ठग बहादुर केसीले बताउनुभयो । उहाँका अनुसार उनिहरु बिरुद्ध जुवा तास कसुरअन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान भैरहेको जानकारी दिनुभएको छ ।
















































। २६ असार २०७७, शुक्रबार