
हेमन्त केसी
जाजरकोट–सोती घटनामा हराएका मध्य भेरी नगरपालिकाका वडा नम्वर ४ का सन्दीप विकको भेरी नगरपालिकाको कालापहर नजिक सव फेला परेको छ । यो सँगै ५ जनाको सव फेला परेको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिनुभयो । हिजो बिहीबार मात्र लोकेन्द्र सुनारको सव फेला परेको थियो । गत १० जेठमा भएको घटनामा भेरी नगरपालिका ११ का गोविन्द शाही अझै बेपत्ता छन् । भेरी नगरपालिका ४ का नवराज विक , लोकेन्द्र सुनार , गणेश बुढा, चौरजहारीका टीकाराम सुनार को सव यस अघि नै फेला परिसकेको छ ।
हिउँ पग्लिएर भेरी नदी धमिलो भएकोले पानी भित्र बेपत्ता खोज्न कठिन भएको गोताखोरले जनाएको छन् । अन्र्तजातिय प्रेमका कारण १० जेठ (शनिवार) मा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा हराइरहेका तीन जनाको खोजी गर्न शसस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको थियो ।
घटना भएको ५ दिन सम्म पनि हराएकाहरु सम्पर्कमा नआएको र कतै नभेटिएपछि भेरी नदीमै डुवेका आशंकामा शसस्त्र प्रहरी गण शमशेरगञ्जबाट तालिम प्राप्त गोताखोर झिकाएर परिचालन गरिएको थियो । तर नदी धमिलो भएकाले पानी भित्र हेर्न नसकिएका र संकास्पद स्थानमा छामेर खोज्नु परेको सशस्त्र प्रहरी जाजरकोटका प्रमुख (डिएस्पी) योग्य बस्नेतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “हिमालमा हिउँ पग्लिएकाले पानीको बहाव पनि बढेको रहेछ । नदी पनि निकै धमिलो छ । पानी भित्र हेर्न मिल्दैन धमिलो पानीकै कारण खोजी कार्यामा कठिनाई भएको छ । ” अक्सिजन सहित अत्यावश्यक उपकरण लिएर आएका गोताखोर गहिरो तलाउमा पनि धेरै बेर डुवेर पानी भित्र अड्किएको बस्तु खोज्न सक्छन् तर नदी नै धमिलो हुँदा समस्या भएको उनीहरुको भनाई रहेको प्रमुख बस्नेतले जानकारी दिनुभयो ।
पानीमा डुवेर खोज्न मिल्ने अक्सिजन सहितको पाँच जनाको टोली उताबाट आएको र जिल्लामा तालिम प्राप्त केही जनशक्ति गरि दर्जन बढी सशस्त्र प्रहरी बेपत्ताको खोजीमा बुधवार विहानै देखि भेरीमा परिचालन गरिएको प्रमुख बस्नेतले बताउनुभयो ।
हराएकाको खोजी कार्यमा स्थानीय बासिन्दा, नेपाली सेना ,शसस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु दैनिक जसो संलग्न रहेपनि भेटाउन नसकेपछि गोताखोर बोलाईएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । बेपत्ताहरु नदीमा डुवेको हुन सक्ने आशंकामा सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको उहाँले बताउनुभयो ।
















































। १५ जेष्ठ २०७७, बिहीबार