स्वाव संकलनका लागि ५ सय थान भिटि एम खरिद गर्याे बारेकोट गाँउपालिकाले

unn.prixa.net

जारकाेट– जिल्लाको बारेकोट गाउँपालिकाकाले पि.सि.आर. परिक्षणको दायरा बढाउन ५ सय थान भिटि.एम खरिद गरेको छ ।गाउँपालिका भित्र कार्यरक्त कर्मचारी, जनप्रतिनिधी,भारत लगायत तेस्रो मुलुक बाट आएका नागरिकलाई परिक्षण गर्न ५ सय भिटि.एम खरिद गरिएको हो । गाउँपालिका भित्र रहेका अत्यावश्यक काममा खटिएका कार्यालयका कर्मचारी लगायतको स्वाव संकलन गरिने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।

गाउँपालिका भित्र लकडाउनको पुर्णपालन गर्न समेत निर्देशन दिएको उनले बताए । उनले भने, देशमा संकटमा परेको वेला बारेकोटका नागरिकमा पनि कोरोना हुन सक्छ परिक्षण गरे मात्रै थाहा हुन्छ । त्यसैले भिटिएम खरिद गरी परिक्षण गरिने छ । गाउँपालिका  भित्र भारत बाट अाएका १४ जनाकाे पिसिअार परिक्षण गरिनेछ । गाउँपालिकाकाे लगानीमा खरिद गरिएकाे गाउँपालिका उपाध्यक्ष अाेमा कुमारी शाहीले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया