पत्रकार महासंघ जाजरकोटका पुर्वअध्यक्ष केसीले लेख यस्तो कविता गणेशमान सिंह जस्तो , भएनन् नेपालमा राजनेता

  Image may contain: 1 person, suit

                               राजनेता चाहियो

सहिदको रगत एक एक थोपा गरेर भए पनि मुल्य फिर्ता ल्याउने ,

बलिदानको एक एक मुठी स्वासको हिसाब चुक्ता गर्ने

संकटमा माटो र भावना जोड्न सक्ने ,

कुर्सी आफन्त र लोभलाइ लात मार्न सक्ने

गणेशमानले जस्तो पद त्याग गर्न सक्ने ,

हाम्रो सानो भुगोल बुद्ध बनाएर सन्सारमा उडाउन सक्ने ,

देशभक्ती ताकतले सगरमाथा उचाल्न सक्ने,

दुष्टको पल्टनका बिरुद्ध आगो ओकल्न सक्ने,

दलाल भ्रष्ट र अपराधीको बिरुद्द भोको बाघ बन्न सक्ने

अनि संकट र महामारी कुराले होइन कामले टार्न सक्ने राजनेता चाहियो

                लेखक ः जनक केसी पत्रकार महासंघ जाजरकोटका पूर्व अध्यक्ष हुन ।

तपाईको प्रतिक्रिया