बारेकोटमा ७० जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

बारेकोट । जिल्लाको बारेकोट गाँउपालिकामा गरिएको द्रुत परीक्षण(र्या्पिड डाइग्नोस्टिक टेष्ट) बाट ७० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

विभिन्न क्षेत्रहरु बाट जिल्ला भित्रिएकाहरुलाई लिम्सामा द्रुत परीक्षण गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिए । उनले भने, “बारेकोट गाउँपालिकामा अहिले सम्म गरिएको परिक्षण सन्तोषजनक नै छ ।”

जसअन्तर्गत द्रुत परिक्षणमा महिला १२ जना र पुरुष ५८ जनाको टेस्ट गरिएको उनको भनाई छ । गाउँपालिका भित्र भित्र्एिका अन्य नागरिकहलाई प्रदेश सरकारले आवश्यक किट पठाए परिक्षण गरिने प्रमुख सिंहले एचपीखबर डटकमलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया