बारेकोटमा १ सय १७ जना क्वारेन्टाइनमा

प्रत्येक वडामा क्वारेन्टाइनको व्यवस्था

बारेकाेट  । बारेकोट गाउँपालिकाले १सय १७ जनालाई क्वारेन्टाइनमा राखेको छ ।कोरोना भाइरसका कारण लकडाउन भई सुर्खेत, नेपालगन्ज र काठमान्डौ तथा देशका विभिन्न भागमा मजदुरी तथा अध्ययनका क्रममा बाहिर रहेका ब्यक्ति हरुलाइ अनिबार्य १४ दिन प्रत्येक वडामा स्थापना गरिएका क्वारेन्टाइनमा बस्ने वा RDT गरेरमात्र आफ्नो घर जाने शर्तमा गाउँपालिकाले गाडिको ब्यबस्था गरी बारेकोट भित्रिएका ११७ जनालाई प्रत्येक वडामा स्थापना गरिएका क्वारेन्टाइनमा राखिएको हो । प्रत्येक वडाहरुले बिद्यालयमा क्वारेन्टाइन स्थापना गरेका छन् ।

क्वारेन्टाइनमा बसेकाहरुले भने गास,बास र कपासको ब्यबस्था नभएको र चिसो भुईमा सुत्नु पर्ने र घरबाट पठाएको खानेकुरा खाने गरेकोे गुणासो पोखिरहेका छन् ।तर यस अघि पालिकाका विभिन्न वडामा मजदुरीकै लागि बाहिर गएका सयांै स्थानीय भने सामुदायिक क्वारेन्टाइन नवसेर आ–आफनै घर गएका छन् ।

उनीहरुलाइ आफ्नै घरको होम क्वारेन्टाइनमा वस्न भनिए पनि त्यसो नभएको पाईएको स्थानियले वताएका छन् । गाउँपालिकाले सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । तर उनीहरु होम क्वारेन्टाइनमा नबसेर गाँउमा भिडभाड गर्ने गरेकाले पालिकामा जोखिम बढेको स्थानियको भनाइृ छ । # बारेकाेट गाउँपालिका #

तपाईको प्रतिक्रिया