कोरोना रोकथाम गर्नको लागी उपचार कोषमा शिक्षकहरुले जम्मा गरे रकम

जाजरकोटको नलगाड नगरपालिकाको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा उपचार कोषमा शिक्षकहरुले रकम जम्मा गरेका छन् । सबै दरबन्दीमा कार्यरत शिक्षकहरुले बिहिबार कोषमा रकम जम्मा गरेका हुन् ।

नगरपालिकामा कार्यरत शिक्षकहरुले तीन–तीन दिनको तलब कटौती गरेर नगरपालिकाको कोषमा जम्मा गर्न ५ लाख ३९ हजार ८८ रुपैयाको चेक नगरपालिकालाई बुझाएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उक्त कोषमा शिक्षकहरुले जम्मा गरेको रकमबाट कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धिका विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गर्नुको साथै संक्रमित व्यक्तिको उपचार तथा क्वारेन्टाइन व्यवस्थापनमा खर्च गर्न सकिने अधिकृत सिंहले बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दुरी कायम गराउन सरकारले गरेको लकडाउनबाट दैनिक ज्याला मजदुरी गरिरहेका नागरिकहरु मर्कामा परेको बताउदै अधिकृत सिंहले उक्त कोषमा जम्मा भएको रकमबाट असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाहय व्यक्तिहरुलाई खाद्यन्न लगाएतका राहत सामाग्री बितरण गर्न सकिने जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया