
लोकेन्द्र गौतम जाजरकोट
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण विश्वको शक्तिशाली मुलुक पनि ठूलो मानवीय क्षेती बेहोरेको कुरा जानकारी नै छ । नेपाल मा अहिलेसम्म मानवीय क्षेती वेहोर्नु परेको छैम संक्रमण भएका मान्छेको संख्या र निकोहुने मान्छे को संख्या क्रमिक रुपम बढेको छ नेपाल सरकारले गरेको लकडाउनलाई प्रभावकारी बनाउन नेपाली नागरिकहरु 2076-12-11 देखि 2077 -01-13 सम्म कठिन समस्य भएर पनि जेनतेहन दिन काटे त्यसपछि संक्रमीत को संख्या बढ्यो अनि लकडाउन को पनि मिति सिमित नहुने भएपछी मान्छे लाई त्राश उत्पन्न भयो ।
जिल्ला बाहिर रहेका मजदुर विद्यार्थि जागीर गर्न उपचार गर्न गएका सवैमानिस को मनोवल कमजोर हुनेकुरा स्वाभाविक नै थियो तर नेपाल सरकार ले राहत बितरण को कार्य जहाँ बसेको त्याही स्थानीय सरकार संघ माग्ने भनेपनी त्यो प्रभावकारी हुनसकेन । आफ्नै स्थानीय नागरिक लाई राहत उपलब्ध गराउनु नसकेका स्थानीय सरकारले कसरी बाहिर बाट आयका लाई राहत उपलब्ध गराउछ्न होला ।
अनि जिल्ला बाहिरहने हरुले हामी दुख भोगी रहेका छौ अलपत्र परेको छौ खाने छैन गेस छैन उदार गर भने पछि जिल्ला आयार १४ दिन क्वारेन्टाइन मा राख्ने त्यस पछि घर जान मिल्ने गरि उदार तिर लागेपछी मानिसहरु अहिले कुनै चेकजाँच नगरी क्वारेन्टाइन मा नबसि घर जाने गरेका छन। जिल्ला आईसकेका नागरिक लाई जिल्ला को र प्रत्येक स्थानीय तह का प्रवेश द्वरा मा चेक गराउनु पर्थो त्यो पनि गरियन वडा वडा का स्थानीय सरकार का क्वारेन्टाइन हरु कति उपयोगी छन कति वनायका छन कति मान्छे राखे सो अनुगमन निर्देशन सम्बन्धित निकायहरुले गर्दा राम्रो हुन्थ्यो ।
उलपत्र का नाममा जागीर गर्ने कुनै व्यवसाय गर्ने बाठा बुझेका नागरिक लाई पनि खोजिखोजी जिल्ला जिल्ला पठाउने काम भएको छ , आफ्नो जिल्ला पालिका का नागरिक लाई लकडाउन हुन वितिकै ल्याई सक्नु पर्थ्यो ढिला भो अब ल्याए का लाई उचित व्यवस्थापन गर्न स्थानीय सरकार को ध्यान जाहोस अन्नेथा जाजरकोट जोखिम रहने देखिन्छ आज सम्म ९०० जति मान्छे जिल्ला भित्रीएका का छन ।।
हाम्रो दायित्व हाम्रो जिम्मेवारी आफू बाचने अनि अरुलाई बचाउने हो , त्यैले सरकारले गरेको लकडाउन त जहाँ छौ त्याही सुरक्षीत बसौं भन्ने हो तर विभिन्न कारण अलपत्र परेका मानिस लाई जिल्ला भित्रि सकेका छन । प्रत्येक वडा का जनप्रतिनिधि स्थानीय नगरी पालिका , गाउँ पालिका प्रमुख उप( प्रमुख सवै राजनीतिक दल सामाजिक क्षेत्र म काम गरिरहेका सम्बन्धित निकाय हरु ले आआफ्नो ठाउँ मा सक्रिय भुमिका खेली कोरोना बाट अफु बची अरुलाई बचाउन मद्दत गरौं जिल्ला आएका मानिसलाई कडा रुपमा चेक गरि क्वारेन्टाइन को व्यवस्थापन गर्न सम्बन्धित निकाय को ध्यानाकर्षण होस । सरकार को नीति को पालन गरौं आफू पनि बचौ र अरुलाई बचाउँ ।
















































। १२ बैशाख २०७७, शुक्रबार